मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

व्यवसायीक पशुपालन सम्बन्धी तालिम सुरु

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

प्रमिला बिश्वकर्मा 

बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा दुई दिने व्यवसायीक पशुपालन सम्बन्धी तालीम सोमबार देखि सुरु भएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै स्वरोजगार लघुवित्त वित्तिय सस्था लिमिटेड क्षेत्र नम्बर ४ का अनुगमन अधिकृत शैलेस ढकालले घरमा परम्परागत रुपमा पशुपालन गरिराखीएको भएतापनि तालिमले आधुनिक र बैज्ञानिक ढंगबाट पशुपालन गर्न सिकाउने भन्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । ढकालले तालिमले व्यापार गर्न , आयश्रोत बढाउन र व्यक्तिलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने भन्दै तालिम अयोजना गरिएको जिकिर गर्नुभयो ।

उक्त तालिममा पशुपालनको महत्व,पशुका जातहरु,पशुको बर्गीकरण,गोठ व्यवस्थापन,प्रजनन् व्यवस्थापन, पशुको लागि चाहिने आहारा, घाँस, पशु स्वास्थ्य, पशुमा लाग्ने रोग, पशुको स्वास्थ्य व्यवस्थापन, जेनेटिक रोगलगायतको बारेमा सहजीकरण गरिने प्रशिक्षक बाल कृष्ण चौधरीले बताउनु भयो । 

स्वरोजगार लघुवित्त वित्तिय सस्थाको आयोजनामा सुरु भएको दुई दिने तालिममा बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका विभिन्न वडाका १०० जना महिलाहरुको सहभागिता रहेको पुजा सुवेदीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार