मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जापान भ्रमणमा

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जापान पुगेका छन् । उनको जापान भ्रमण व्यक्तिगत भ्रमण रहेको पार्टी उपाध्यक्ष ई.दीपक साहले बताए । जापानमा अध्ययन गरेका अध्यक्ष राउत १८ वर्षपछि त्यहाँ पुगेका हुन् । उनी अध्ययन सकाएर आएपछि पहिलो पटक जापान भ्रमण गएका हुन् ।

जापान उड्नुअघि अध्यक्ष राउतले भनेका थिए, ‘किन हो किन मलाई एकपटक जापान गएर त्यो भूमिमा पुगेर साथीभाइलाई धन्यवाद दिऊँ जस्तो लागिराख्छ ।  मेरो व्यक्तित्व निर्माणमा, मेरो सोचमा र मेरो उपलब्धिमा जापानको ठुलो योगदान छ ।’

राउतले जापानमा रहेका नेपालीहरूसँग भेटघाट गर्नुका साथै त्यहाँ प्रवास गठन गर्ने विषयमा छलफल हुने उपाध्यक्ष साहले बताए । नौलो गणतन्त्रका लागि जनमतले आन्दोलनको तयारीमा छ, त्यसबारेमा त्यहाँका नेपालीहरूसँग छलफल गर्ने उनले बताए । जापान जाने क्रममा विमान स्थलमा पुगेर पूर्व मन्त्री एंव जनमतका बरिष्ठ उपाध्यक्ष अब्दुल खान लगायतका नेताहरुले बिदाई गरेका थिए । अध्यक्ष राउत चैत २५ गते नेपाल फर्किनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार