मुख्य समाचार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो | बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्: वर्षमान पुन | आरोप यौन दुर्व्यवहारको,हुर्मत अडियो रेकर्डको | १४ वर्षीय अनुपको मृत्यु प्रकरण : ३१ दिन बित्दा पनि परिवार न्यायको प्रतीक्षामा | एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार ४१४ जना प्रतिनिधि सहभागिता हुने | खान स्पोर्ट्स क्लबको आयोजनामा ‘वार्ड कप’ क्रिकेट प्रतियोगिता हुँदै | अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ | स्थानीय तह चुनावको मिति तोक्न आयोगले दलहरूलाई बोलायो | कोप–३१ मा नेपाल–जीजीजीआई सहकार्य विस्तार र जलवायु वित्तमा पहुँचबारे छलफल | आदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी |

बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्: वर्षमान पुन

यूथ टुडे समाचारदाता 3673+ समाचार ( )
३ मंगशिर २०८३, बुधवार

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक कलहको उत्कर्षमा रहेको दाबी गरेका छन्।

नेकपाको ‘राष्ट्रिय जागर अभियान’ का क्रममा दैलेखका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता पुनले रास्वपाभित्रको शक्तिसंघर्षका कारण राज्यका निकायहरू विभाजित र कमजोर बनेको टिप्पणी गरे। राज्यका निकायहरूलाई कसको प्रभावमा पार्ने भन्ने विषयमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचको होडबाजीका कारण राष्ट्रियतासमेत कमजोर बनेको र राज्यका स्थापित संस्थाहरू लथालिंग भएको उनको भनाइ थियो।

रास्वपाभित्रको कलह उत्कर्षमा पुग्दै गर्दा कुनै पनि बेला बालेनले सभापति लामिछानेलाई थुन्ने वा रविले बालेनको सत्ता पल्टाउने अवस्था सिर्जना हुन सक्ने उनले दाबी गरे। ‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा अचम्म मान्नुपर्दैन,’ पुनले भने, ‘कुनै बेला रविले प्रधानमन्त्रीलाई हटाएमा पनि अचम्मित हुनुपर्ने छैन।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले वर्तमान सरकारको गति संविधान र व्यवस्था खारेज गर्ने तथा प्रतिक्रान्तिको बाटोमा जाने किसिमको रहेको आरोप लगाए। त्यसलाई रोक्न र राष्ट्रियता बलियो बनाउन पनि वामपन्थीहरूबीच एकता र संविधान मान्ने लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

‘वामपन्थीहरूबीच सहकार्य र ध्रुवीकरण तथा संविधान मान्ने शक्तिहरूबीचको सहकार्य पनि अपरिहार्य छ। एमालेसँग सहकार्य गर्नैपर्छ,’ उनले भने, ‘देशको स्वाधीनता, लोकतन्त्र र नेपालमा वैदेशिक चलखेल बढाउने शक्तिविरुद्ध एक भएर लड्नैपर्नेछ।’

सहकार्य र एकताका लागि अहिले एमालेका नेताहरू निकै हतारिएको र विभिन्न भेटघाटमा त्यो अभिव्यक्त हुने गरेको पनि उनले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार