मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

नेपाली विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

बाँके । नेपाल भारत महिला मैत्री समाज, काठमाडौं, नेपाल र गान्धी एजुकेशन ट्रस्ट कटीहार, बिहार, भारत र बुद्ध इंस्टीट्यूट अफ टेक्नोलोजी, गया, बिहार, भारत बीच उक्त शैक्षिक संस्थाहरु मा नेपाली विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्र (Memorandum of Understanding) मा हस्ताक्षर कार्यक्रम आज सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार गान्धी एजुकेशन ट्रस्ट, बिहार अन्तर्गत का शैक्षिक संस्थाहरुमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी को लागि नेपाल भारत महिला मैत्री समाज को माध्यम बाट उक्त संस्थाले २२ वटा पूर्ण छात्रवृत्ति प्रदान गर्ने छ । गान्धी एजुकेशन ट्रस्ट  र नेपाल भारत महिला मैत्री समाज बीच उक्त संस्था अन्तर्गतका शैक्षिक संस्थाहरु मा नेपाल भारत महिला मैत्री समाजले रिकमेण्ड गरेका विद्यार्थी हरुलाई  डिप्लोमा इन नर्सिङ कोर्स अध्ययन को लागि ११ जना लाई पूर्ण छात्रवृत्ति, र बिएस्सी इन नर्सिङ कोर्स को लागि ११ जना लाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ । 

त्यसैगरी नेपाल भारत महिला मैत्री समाज र बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजी बीच नेपाल भारत महिला मैत्री समाज ले रिकमेण्ड गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भयो। उक्त सम्झौता अनुसार नेपाल भारत महिला मैत्री समाज बाट प्रस्तावित विद्यार्थीहरु लाई बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजीले डिप्लोमा इन इञ्जिनीयरिङ कोर्स अन्तर्गत ११ जना लाई पूर्ण छात्रवृत्ति र ब्याचलर इन टेक्नोलोजी (बि.टेक) कोर्स अन्तर्गत ११ जनालाई पूर्ण छात्रवृत्ति  प्रदान गर्ने सम्झौता भएको छ । छात्रवृत्ति २०२४ को शैक्षिक क्यालेण्डर बाट शुरू हुनेछ।

नेपाल भारत महिला मैत्री समाजले जेहन्दार विद्यार्थीहरुको उच्च शिक्षा अध्ययन गर्ने सपना आर्थिक अभावले बन्द नहोस् भन्ने उदेश्य को लागि भारत का प्रतिष्ठित शैक्षिक संस्थाहरु संग छात्रवृत्ति को लागि पहल गरेको हो । नेपाल भारत महिला मैत्री समाजले भबिस्य मा पनि अन्तराष्ट्रिय शैक्षिक संस्थाहरु संग नेपाली विद्यार्थी को लागि पूर्ण छात्रवृत्तिको लागि पहल गर्ने छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार