मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

जानकी गाउँपालिकाको शैक्षिक अवलोकन भ्रमण सम्पन्न : उत्कृष्ट अभ्यास सिकेर फर्किए शिक्षक तथा कर्मचारी

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
२१ मंगशिर २०८२, शनिबार
बाँके । जानकी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको चारदिने शैक्षिक अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। शिक्षा क्षेत्रमा विकसित हुँदै गएका सकारात्मक अभ्यासलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यो भ्रमणले सहभागीलाई प्रेरणादायी अनुभव दिलाएको छ।
प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायका अनुसार, “शिक्षामा देखिएका सकारात्मक अभ्यासलाई निरन्तरता दिन र विद्यालय व्यवस्थापनमा सुधार ल्याउन यस्तो अवलोकन कार्यक्रम अत्यन्त प्रभावकारी छ। भ्रमणमा सहभागी सबैले प्राप्त सिकाइलाई वास्तविक कक्षाकोठासँग जोडेर लागू गर्नुपर्छ,” उहाँले बताउनुभयो।
मंसिर १७ गतेदेखि सुरु भएको भ्रमणको पहिलो गन्तव्य कास्कीको पोखरा स्थित बिन्दाबासिनी उच्च मावि थियो। त्यहाँका असल अभ्यास, सिकाइ पद्धति तथा विद्यालय व्यवस्थापनका मोडलहरूबारे गहिरो अध्ययन गरिएको थियो। भ्रमण टोलीको नेतृत्व गरेकी शिक्षा शाखा प्रमुख कृष्णकुमारी भण्डारीले विद्यालयमा आयोजित अन्तरक्रियालाई अत्यन्त फलदायी रहेको बताउँदै भन्नुभयो,“हामीले देखेका उत्कृष्ट उदाहरणहरूलाई आफ्नै विद्यालयमा कसरी लागू गर्ने भन्नेबारे सहभागीहरूबीच व्यापक छलफल भयो। यसले शिक्षासुधारको यात्रामा महत्वपूर्ण ऊर्जा थपेको छ।” उहाँले शैक्षिक क्षेत्र संगै पर्यटकीय स्थलहरुको समेत अवलोकन गरेको जानकारी दिनु भयो ।
आइटी अधिकृत विकास जिसीले आधुनिक प्रविधिको प्रयोग र डिजिटल शिक्षण सिकाइको प्रभावकारिताबारे विस्तृत जानकारी गराउनु भएको थियो । उहाँले भन्नुभयो,“शिक्षकहरूले प्रविधिमैत्री बन्न सके शिक्षणको गुणस्तर उल्लेख्य रूपमा बढ्न सक्छ। भ्रमणले डिजिटल प्रविधि कार्यान्वयनका व्यावहारिक उपायहरू सिक्ने अवसर दिएको छ।”
चार दिनको समृद्ध अनुभवसहित फर्किएको टोलीलाई बधाई दिँदै प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नुभयो,“यो भ्रमणले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने नयाँ ढोका खोलिदिएको छ। अब सिकेको कुरा कक्षाकोठासम्म पुर्‍याउने जिम्मा सबै शिक्षकहरूको हो।” अवलोकन भ्रमणमा योजना शाखा प्रमुख शोभा पौडेल लगायत  शिक्षक संगै कर्मचारी, जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार