मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

‘रास्वपाले छानबिन प्रक्रिया र न्यायालयलाई अवरोध गर्नु गलत’

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
११ कार्तिक २०८१, आइतबार

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री तथा उद्योग समितिका सभापति अब्दुल खानले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ प्रकरणमा पार्टी अध्यक्ष सिके राउतले राउतले एउटा दलको अध्यक्षको हिसाबले अभिव्यक्ति दिएको स्पष्ट पारेका छन् ।  उनले रास्वपाले छानबिन प्रक्रियालाई र न्यायालयलाई अवरोध पार्नु गलत भएको टिप्पणी गरे । 

शनिबार आयोजित साक्षात्कारमा उनले भने,‘राष्ट्रिय दलको अध्यक्षलाई गिरफ्तारी कुन नियतले गरियो ? भनेर लेख्नुभयो । सबल पक्ष के भने सत्ता गठबन्धनमै राउतको अभिव्यक्तिलाई लिएर बैठक बालुवाटारमा बोलाउनुभयो । नेताबिच कुरा भयो । सत्ता गठबन्धनबिच बैठक नहुनु, छलफल नहुनु, मतभेद भएको हो । त्यस कारण समय समयमा नेताबिच छलफल हुनुपर्छ भन्ने कुरा भयो । सत्ता गठबन्धन एकमुख हुनुपर्छ भनेर सहमति भयो । त्यही सहमतिलाई हाम्रो पार्टीले पनि स्वीकार गरेको छ । अध्यक्ष राउतले पनि हस्ताक्षर गर्नुभयो । सत्ता घटकमा बसिसकेपछि सत्ता पक्षको हितमा काम गर्ने हो । सत्ताभन्दा बाहिर छैनौँ । गठबन्धनभित्रै छौँ । साथ र सहयोग रहन्छ ।’

विद्युत्को बक्यौताको विषयमा रहेको विवाद सहमतिमै हल गरिनुपर्नेमा जोड दिएका छन् । विद्युत्को बक्यौताको विषय विगतमा संसद्मासमेत उठेको स्मरण गर्दै अहिले सबै जिम्मेवार भएर समस्याको समाधान गर्नुपर्ने उनको मत छ । उनले उद्योगको लाइन काटेर मात्रै समस्याको समाधान नहुने स्पष्ट पारे । 

उनले भने,‘अहिलेको उद्योगको लाइन काटिएको विषयमा सबै पक्ष गम्भीर बन्नुपर्छ, उद्योग सञ्चालन हुँदा हजारौँ व्यक्तिको रोजीरोटीसँग जोडिएको विषय हो, तर लाइन काटियो भने त्यहाँका श्रमिकको अवस्था के हुन्छ ? यसबारेमा हामी गम्भीर बन्नुपर्छ ।’

सो क्रममा उनले माओवादी केन्द्रले आज गरेको खबरदारी सभालाई सकारात्मक रूपमा लिएको र सत्ता गठबन्धनले स्वागत गर्ने बताए । उनले भने,‘आज माओवादीले खबरदारी सभा गरेको छ, हामी सत्ता गठबन्धनले यो खबरदारीलाई एकदम स्वागत गर्छौँ । प्रमुख प्रतिपक्षी दलहरूले सरकारलाई जिम्मेवार बनाउनु स्वागतयोग्य कुरा हो । सरकार तानाशाह हुनुहुँदैन । सरकारलाई बेला बेलामा प्रतिपक्षले लगाम लगाउनु राम्रो हो । नियमित राम्रो हुनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार