मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु

यूथ टुडे समाचारदाता 3536+ समाचार ( )
८ जेठ २०८२, बुधवार

जानकी ।  जानकी गाउँपालिकामा गाईभैँसीलाई महामारीको जोखिमबाट जोगाउन ६ महिना माथिका पशुचौपायामा महामारी विरुद्धको निःशुल्क भ्याक्सिन लगाउन सुरु गरिएको छ ।

जानकी गाउँपालिकामा पशु सेवा शाखाले १ देखि ६ नम्बर वडा सबैमा २–२ जना गरी जम्मा १२ जना भ्याक्सिनेटरको टोली परिचालन गरेर यही जेठ ४ गतेदेखि भ्याक्सिन लगाउने कार्यको सुरुवात गरेको हो । पालिकाले रोग नफैलियोस् भनेर पहिले नै महामारी विरुद्धको अभियान सञ्चालन गरेको हो । ६ वटै वडामा ४ गतेदेखि नै भ्याक्सिन लगाउन सुरु गरिएको छ । 

गाईभैँसीमा महामारीकै रुपमा देखिने भ्यागुते र चरचरे रोग नलागोस् भनेर खोप लगाउन सुरु गरिएको पशु स्वास्थ्य शाखा प्रमुख दिल बहादुर खड्काले बताए । गाउँपालिकामा रहेका १७ हजार गाईभैँसीहरुलाई निःशुल्क भ्याक्सिन लगाउने लक्ष्य रहेको पशु स्वास्थ्य शाखा प्रमुख खड्काको भनाई छ । गाउँपालिकाले गाईभैँसीमा लाग्ने महामारी रोग विरुद्ध भ्याक्सिन अभियान सञ्चालन गरेपछि किसानहरु खुशी भएका छन् । जानकी ३ का शिव प्रसाद शर्माले गाउँपालिकाबाट गाईभैँसीहरुको लागि घरघरमै पुगी निःशुल्क खोप अभियान सञ्चालन हुँदा खुशी लागेको बताए । जानकी ५ का रमेश यादवले पनि पालिकाले सराहनीय काम गरेको बताए ।

खोप अभियान एक हप्तासम्म सञ्चालन हुनेछ । खोप अभियान शुभारम्भ कार्यक्रममा जानकी गाउँपालिकाका प्रवक्ता टिकानाथ यादव, आर्थिक समितिका संयोजक कमलादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, योजना शाखाकी प्रमुख शोभा पौडेल, प्रशासन शाखा प्रमुख गोपीचन्द्र चौलागाईको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार