मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

आन्तरिक हवाई भाडादर घट्यो

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
पाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवाहरूलाई बुधबारदेखि लागू हुनेगरी भाडादर घटाउन निर्देशन दिएको हो ।
६ असार २०८०, बुधवार

काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवाहरूलाई बुधबारदेखि लागू हुनेगरी भाडादर घटाउन निर्देशन दिएको हो ।

भाडादर घटाएसँगै काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँले घटेको छ । नयाँ भाडादरअनुसार यो गन्तव्यका लागि ४ हजार ५०५ रूपैयाँ तोकिएको छ ।

यस्तै, काठमाडौं–भैरहवाको नयाँ भाडादर तीन हजार ८५ रूपैयाँ तोकिएको छ । उक्त रूटको भाडादर हालको भन्दा ३२५ रूपैयाँले घटाइएको हो ।

यस्तै, नयाँ भाडादर काठमाडौं–विराटनगर ३ हजार ६०० रूपैयाँ, काठमाडौं–जनकपुर एक हजार ९३० रूपैयाँ, काठमाडौं–भरतपुर १ हजार ६०५ रूपैयाँ, काठमाडौं–पोखरा २ हजार ३८० रूपैयाँ कायम भएको छ ।

यस्तै, काठमाडौं–नेपालगञ्जको भाडादर चार हजार ८९० रूपैयाँ, काठमाडौं–धनगढीको ६ हजार ६२५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको २ हजार ७६५ रूपैयाँ, काठमाडौं–सिमराको एक हजार ३५० रूपैयाँ, काठमाडौं–सुर्खेत ५ हजार १८५ रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर एक हजार ६६५ रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार