मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

मधुवन नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त घोषणा गर्न शुरु

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

बर्दिया । बर्दियाको मधुवन नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत सो पालिकाका वडाहरुलाई एकपछि अर्को गरि बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यलाई तिव्र पारिएको छ । 

सो क्रममा पछिल्लो पटक मधुवनको वडा नं. ६ लाई एक भव्य कार्यक्रमकाबिच मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बालविवाहमुक्त वडा घोषणा गर्नुभयो । 

सो अवसरमा बोल्दै मेयर भाटले तीन वर्षभित्र मधुवनमा बालविवाह दर शून्यमा झार्ने र वि.सं. २०८५ सालभित्र सम्पूर्ण वडालाई बालविवाहमुक्त घोषणा गर्ने गरि पालिकाका काम भइरहेको बताउनुभयो । 

उहाँले सोही अवसरमा हस्ताक्षर अभियानको उदघाटन गर्दै उपस्थित सरोकारवालाहरूबाट १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गराउनु भयो ।

वडा नं. ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको बालविवाहमुक्त घोषणा कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, अभिभावक, राजनीतिक दल, विद्यार्थी, प्रहरी लगायतका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

कार्यक्रम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बि.ग्रुपको साझेदारी, प्राविधिक सहयोग र समन्वयमा सम्पन्न भएको थियो । 

कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले बालबिवाहमुक्त घोषणा मात्रै नभई यसको प्रभावकारी कार्यान्वयन र फलोअप कार्यक्रम सञ्चालनमा जोड दिँदै बाँकी वडाहरूमा पनि सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सो घोषणा कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बीक, बि.ग्रुपका कार्यकारी निर्देशक डम्मर बिक, कार्यक्रम प्रबन्धक भानु लिम्बू, शिक्षा प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्मा, प्लान इन्टरनेशनल नेपाल बर्दिया जिल्ला कार्यक्रम अधिकृत सुष्मा घर्ती मगर र वडा अध्यक्षका प्रतिनिधि दिलीप गुरुङ लगायतले मन्तव्य व्यक्त गर्दै कार्यान्वयन पक्षलाई सशक्त बनाउँदै अन्य वडालाई पनि घोषणा गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

मधुवन नगरपालिका बालविवाह न्यूनीकरण कार्यविधि २०७७ अनुसार १५% भन्दा कम बालविवाह दर भएका वडालाई बालविवाहमुक्त वडा घोषणा गर्न सकिने प्रावधानअनुसार, हाल वडा नं. ६ को बालविवाह दर १३% रहेको हुँदा यसलाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

मधुवन नगरपालिकामा बालविवाह न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउने बाँके युनेस्को क्लब, बि.ग्रुप, प्लान इन्टरनेशनल नेपाल, महिला स्वयंसेविका, किशोरी क्लब, अगुवा बडाघर, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, दलित महिला संघ लगायत विभिन्न सांस्कृतिक समूहहरूलाई कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार