मुख्य समाचार
प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क प्रस्थान | बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त |

नेपालगंज १९ मा माओबादी केन्द्रबाट अध्यक्षका उम्मेदवार योगी भोट माग्दै घरदैलोमा

महमूद आलम खान 1133+ समाचार ( )
माओबादी केन्द्रकि जिल्ला सदस्य नेतृ मिना मल्ल पुनको कमाण्डमा निर्वाचन परिचालन समिति निमार्ण
१५ वैशाख २०७९, बिहीबार

बाँके । माओबादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा नेपालगंज १९ को वडाध्यक्षको घोषणापछि माओबादी केन्द्रले प्रचार अभियानलाइ तिब्र र आक्रमक बनाएको छ । माओबादी केन्द्रका नेता तथा नेपालगंज १९ का अध्यक्ष पदका उम्मेदवार शम्भु नाथ योगीलाइ जिताउनका लागि बिभिन्न प्रकार गीतहरु बनाएर घन्काउन थालिएको छ ।

योगी आफै गाँउगाँउ तथा घरघरमा पुगेर आफ्नो उम्मेदवारीको बिषयमा बुझाउदै हिडेकाछन् । योगीले बिकास निर्माण र जन सरोकारका बिषयहरु आफ्नो प्राथमिकता रहने भन्दै नेपालगंज १९ लाइ बाँकेकै उत्कृष्ठ वडा बनाइ छाड्ने भन्दै मत मागि रहेकाछन् ।  योगीले आफूलाई निर्वाचित गराए मानव अधिकार मैत्री सेवा प्रवाह गरेर देखाने दाबी गरेका छन् । योगीले आफ्नो पक्षमा मतदाताहरु रहेको र अब आफू नतिजाको ब्यग्र प्रतिक्षामा रहेको जनाए ।

आगामी ३० बैशाखमा स्थानीय निर्वाचनमा माओबादीका तर्फबाट नेपालगंज १९को अध्यक्षमा शम्भु नाथ योगीलाई जिताउन माओबादी केन्द्रकि जिल्ला सदस्य नेतृ मिना मल्ल पुनको कमाण्डमा निर्वाचन परिचालन समिति निमार्ण भएको छ ।

नेतृ मिना पुनले ‘नीति र नेतृत्व फरक–फरक हुँदा अन्तर्विरोध भयो, अब त्यो हल गर्दै प्रचण्डकै नीति, योजना कार्यान्वयन गराउन जनतालाई माओवादी केन्द्र जिताउन आग्रह गर्दै घर–घर पुग्छौँ,’ नेतृ पुनले भने, ‘मुलुकको आवश्यकतामा बनेको गठबन्धन प्रतिकूल हुनेगरी चाहिँ जाँदैनौ ।’

उनले भने, ‘व्यवस्था जोगाउन, संविधान बनाउन, जारी गर्न सधैँ माओवादीले अरुलाई नेतृत्व दियो। पछिल्लो निर्वाचनसम्मको हामीले विश्लेषण गर्यौँ, अरुलाई नेतृत्व दिएकैले यो व्यवस्थाले गति लिएन ।’

यही मुद्दालाई लिएर चुनावमा होमिएको उनले बताए। वैशाख ३० को स्थानीय चुनावमा नेपालगंज १९ को पुरै टिमलाई जिताउन कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार