मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

नरैनापुरमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभाग अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेले नरैनापुरका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुसँग बिहिबार नरैनापुरमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
११ फाल्गुन २०७९, बिहीबार

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभाग अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेले नरैनापुरका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुसँग बिहिबार नरैनापुरमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्रका बारेमा ब्यक्तिगत विवरण सहितको चिप्स कार्ड अर्थात राष्ट्रिय परिचय पत्र वितरण गर्न भर्नुपर्ने फारमको अनलाईन तथा भौतिक जानकारी दिइएको थियो । पालिकाका १६ बर्षदेखि माथि उमेर पुगेका, नागरिकता प्राप्त गरेका नागरिकलाई परिचयपत्र बितरण गर्नका लागि डाटा संकलन पश्चात प्रसासन कार्यालयले परिचयपत्र दिनसक्ने ब्यबस्था गरेको छ ।

सो कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि इश्तियाक अहमद शाहले राष्ट्रिय परिचयपत्र जैबिक तथा व्यक्तिगत बिवरण र बिद्युतिय चिप्स एंव सुरक्षा सहितको परिचयपत्रमा बायोमेट्रिक प्रणाली प्रयोग गरि राष्ट्रिय परिचय नम्वर उल्लेख भएको कार्ड दिईने बताउनुभयो । नेपालका प्रत्येक नागरिकको परिचय खुल्ने गरि अभिलेख राख्ने प्रणालीको बिकास गरि त्यसको प्रतिफल स्वरूप नागरिकलाई प्रदान गर्ने परिचय लागू गरिने उद्देश्य रहेको अध्यक्ष शाहको भनाई थियो । नागरिकका व्यक्तिगत र जैविक सूचना संकलन गरी सुरक्षित भण्डारण गर्ने, राष्ट्रिय परिचय नम्वर र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीलाई अन्य निकायसँग आवद्ध गरि बहुउपयोगिता सुनिश्चित गरिने अध्यक्ष शाहले जिकिर गर्नु भयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले एक ब्यक्ति एक परिचय पत्र नम्वरको कारण सामाजिक सुरक्षा कार्यक्रम, समाजिक बिमा, पेन्सन सुबिधा एंव सरकारबाट दिईने अन्य सेवा सुबिधामा भईरहेको चुहावट नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्रले सहयोग पुग्ने बताउनुभयो । त्यस्तै शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र अपराधीको पहिचान गर्नमा समेत परिचयपत्र उपयोगि हुने तथा कर, राजश्व छली, आर्थिक प्रशासनिक तथा बिकास ब्यबस्थापनका क्षेत्रमा हुन सक्ने अनियमिततालाई नियन्त्रण लगायतको काम गर्न उपयोगी प्रमाणित हुने शर्माको भनाई थियो  ।

त्यस्तै सो कार्यक्रममा बोल्दै नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले सबै बिबरण सहितको तिन पुस्ते डिजिटल कागजको रुपमा पाईने राष्ट्रिय परिचयपत्रका लागी आ आफ्नो नजिकको वार्डमा सम्पर्क राखी सबै बिबरण भरि सहयोग गर्न सबै नगरबासीहरुलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो, सूचना अधिकारी एंव विपद शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा,राष्ट्रिय परिचयपत्र फोकल पर्सन यम बहादुर शाही,सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार