मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

जनमत पार्टीद्धारा डुडुवा गाउँपालिका अध्यक्षमा रियाजको उम्मेदवारी घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
आफ्नो उम्मेदवारीबाट जनताहरु उत्साहीत भएको पनि बताए । उनले आफु जितेपछि शिक्षालाई विकास गरिने बताए ।
४ वैशाख २०७९, आइतबार

बाँके । सिके राउत नेतृत्वको जनमत पार्टीबाट बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षमा रियाज अहमद शेषको उम्मेदवारी घोषणा गरिएको छ । उनले डुडुवा गाउँपालिकामा आफ्नो पकड बलियो भएकाले चुनाव लड्न लागेको बताए ।

उनले आफ्नो जित सम्पूर्ण युवाहरुको हुने बताए । उनले जनताहरु पुराना पार्टीबाट आजित भएकाले नयाँ पार्टीकारुपमा आफुलाई विजयी बनाउने बताए ।

आफ्नो उम्मेदवारीबाट जनताहरु उत्साहीत भएको पनि बताए । उनले आफु जितेपछि शिक्षालाई विकास गरिने बताए । उनले डुडुवा पालिका मधेशी र मुस्लिम बाहुल पालिकारहेकाले बालबालिकाको शिक्षाको पहुँचमा ल्याउने बताए । उनले जित्ने आधार भनेकै जनताको आधार भएको बताए ।

उनले अहिलेसम्म जनता ठूला दलको थिचोमिचोमा परेको चुनाव जित्ने आधार जनतानै भएको बताए । आफ्नो पार्टी गरीव र विपन्न समुदायको पार्टी भएकाले सबैले साथ दिने बताए ।

उनले नगरमै चुनाव लड्ने योजना भएपनि डुडुवा गाउँपालिकाबासीले देखाएको सदभावका कारणले डुडुवाबाटै चुनाव लड्न लागेको बताए । उनले बाटोघाटो पुलपुलेसा निर्माणमा आफनो पार्टीले चुनावी एजेण्डा बनाएको पनि प्रतिक्रिया दिए ।

उनले बाटो आवश्यक भएपनि शुरुमा मानिसलाई आत्मनिर्भर बनाउनुनै रहेकोे बताए । उनले खासगरी गरिव र विपन्न समुदायका मानिसहरुको आर्थिक आयआर्जनका लागि पहल गरिने बताए ।

किसानहरुको बारेमा कुनै पनि राजनीतिक दलले चुनावी एजेण्डा नबनाएको भन्दै आफ्नो पार्टी किसानलाई प्राथमिकता दिएको बताए । डा सिके रावतको मुख्य उद्देश्यनै किसान लक्षित रहेकोले उनले आफ्नो चुनावी एजेण्डापनि किसानको हितमा रहने बताए । उनले डुडुवाका सम्पूर्ण किसानको माग सम्वोधनका लागि पहल गरिने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार