मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

चामल र चिउराको तौल कम गरी बेच्ने केएल दुगडलाई कारवाही गर्ने सभापति खानको भनाई

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

बाँके । बाँकेको गनापुरमा रहेको केएल दुगड समूहले चामल र चिउरामा तौल कम गरी ठगी गरेको आरोपमा कारवाहीको दायरामा आउने भएको छ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले केएल दुगडको अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियम बमोजिक जरिवाना र आवश्यक कारवाही गर्ने बताउनु भयो । 

केएल दुगडले उत्पादन गरेको २० किलो चिउरा र ५० किलोको अरुवा मोटा चामलको बोरामा ५० ग्राम देखि २०० ग्राम घटाएर बेचेको गुनासो आएपपछि सभापति खानले आकस्मिक निरीक्षण गर्दा उपभोक्तलाई ठगी गर्दै आएको भेटेको बताउनु भयो । केएल दुगडको अनुगमन गरेर फर्किए पछि सोमबार पत्रकारहरु संग कुरा गर्दै सभापति खानले उपभोत्तालाई ठगेको भेटिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गर्ने जिकिर गर्नु भयो । 

सभापति खानले भन्नुभयो, हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्यवस्तु बिक्रीवितरण नगर्न, तौल कम गरेर उपभोक्तालाई ठग्नेहरु जुन स्तरको व्यापारी भए पनि समितिले कारवाही गर्ने चेतावनी दिनु भयो । 

केएल दुगडका केही कर्मचारीहरुले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरे पछि प्रहरीको सहयोगमा खानले उद्योग भित्र अनुगमन गर्दा उक्त समस्या देखा परेको सभापति खानका निजि सचिव अतिउल्ला मुसलमानले जानकारी गराउनु भयो । 

यस्तै केएल दुगडका प्राविधिक म्यानेजर प्रेम कुमार शर्माले अनुगमनका क्रममा अवरोध भएको स्विकार गर्नु भयो । उहाँले कर्मचारीमा शिक्षाको कमी भएकोले उक्त समस्या आएको बताउदै भविष्यमा सुधार गरेर जाने जिकिर गर्नु भयो । केही खाद्यान्नमा तौल कम भएको बताउदै उक्त गल्तीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

सभापति खानले आईतबार बाँकेको गनापुरमा रहेको केएल दुगड, पानस कम्पनी र अम्बे टिलको समेत अनुगमन गरी उद्योगहरुमा काम गर्ने मजदुरहरुको समस्या र पारिश्रमिकका विषयमा छलफल गर्नु भएको थियो । सभापति खानले अम्बे स्टिलमा काम गर्ने मजदुरहरुले समयमा पैसा पाउन नसकेको गुनासो गर्नुका साथै सुरक्षा कब्जहरु समेत कम्पनीले उपलब्ध नगराउद जोखिम मोलेर काम गरी रहेको पिडा सुनाएको बताउनु भयो । उहाँले फ्याक्ट्री म्यानेजर अनुज श्रेष्ठलाई अम्बे स्टिलमा देखा परेको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिएको बताउदै काठमाडौ फर्किए लगत्तै लिखित रुपमा आवश्यक निर्देशनहरु पठाउने बताउनु भएको थियो ।

प्रतिक्रिया

Badri majhi ११ फाल्गुन २०८०, शुक्रबार

Grnu parxch

Abdul Khan ८ फाल्गुन २०८०, मङ्गलबार

झोले पत्रकार

नेपालगन्ज ८ फाल्गुन २०८०, मङ्गलबार

पत्राकारको नाममा बदनामी गर्ने पार्टी को झोले पत्राकार ले आफ्नो नेता लाई चिनाउन को लागि काम कर्तब्य र दयारा भन्दा बाहिर गई ब्यापारी लाई डर देखाई चन्दा माग्ने उद्देश्यले गरेको अनुगमन

MD. ABDULLAH ८ फाल्गुन २०८०, मङ्गलबार

Neta ko Manpari tantra

नागरिक ८ फाल्गुन २०८०, मङ्गलबार

झोले पत्रकार, आफ्नो पार्टीको नेतालाई हिरो बनाउन भ्रामक खबर सिर्जना गर्ने, आफ्नो पदको दुरुपयोग गरि मनमानी गर्ने अब्दुल खान लाई कारवाही गर्नुपर्ने,

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार