मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

प्रेस सेन्टर नेपालको महाधिवेशनमा सहभागी हुन पत्रकारहरु चितवन पुग्दै

महमूद आलम खान 1133+ समाचार ( )
प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुन ७७ वटै जिल्लाका पत्रकारहरु चितवन पुग्ने क्रम सुरु भएको छ ।
१७ मंगशिर २०७८, शुक्रबार

दाङ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुन ७७ वटै जिल्लाका पत्रकारहरु चितवन पुग्ने क्रम सुरु भएको छ । सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने केन्द्रीय सदस्य सेराज खानले जानकारी दिनु भयो ।

सेन्टरका केन्द्रीय खानका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुने छन् । यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए । राष्ट्रिय सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

हाल सेन्टरको केन्द्रीय समितिमा २६० सदस्य छन् । अधिकारीका अनुसार विधान संशोधन गरेर यो सङ्ख्या घटाउने तयारी गरिएको छ ।  सहभागीलाई भरतपुर र गैँडाकोटका होटलमा राखिने छ । केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य बिहिबार नै पुगेको सेन्टरले जनाएको छ । सम्मेलनमा सहभागिता हुन बाँकेबाट केन्द्रीय सदस्य सेराज खान, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिवद्वय आलम खान, गजेन्द्र गुरुङ, सदस्य हेमन्त चौधरी, बाँके जिल्ला अध्यक्ष डक्ट प्रसाद धिताल, कोषाध्यक्ष चन्द्र बोहरा, सेन्टरका नेता कृष्ण ओली, शिव सुनार, सुशिल लामिछाने, र राजेश आचार्य चितवन प्रस्थान गर्नु भएको छ ।

पार्टीका अध्यक्ष दाहालको गृह जिल्ला भएकाले सम्मेलन चितवनमा गर्न लागिएको हो । हालै मात्र चितवनमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन र नेकपा मालेको केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । राष्ट्रियस्तरका महाधिवेशन र सम्मेलन यहाँ भएसँगै आर्थिक क्षेत्र चलायमान हुने व्यवसायीले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार