मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

भेरी अस्पतालमा आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट पहिलो पटक शल्यक्रिया सम्पन्न

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
७ असार २०८१, शुक्रबार

बाँके । बाँकेको भेरी अस्पतालमा पहिलो पटक ठूलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ । 

बिगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा रोगको डाईगोनोसिससंगै सफल शल्यक्रिया गरिएको छ । 

बिरामीका छोरा ललित शर्माका अनुसार लामो समयदेखि पत्थरी भयो भन्दै प्रदेश अस्पताल सुर्खेत, लगायत सुर्खेतका विभिन्न अस्पतालहरूमा उपचार गराउँदै आए पनि वास्तविक रोग भने पत्ता नलागे पछि भेरी अस्पतालमा आएपछि रोगको पत्ता  लागेको हो । उहाँले भन्नुभयो ,आमाको ठूलो आन्द्रामा क्यान्सर भएको डाक्टरले पुष्टि गरेको बताए ।

उहाँले‘ सुर्खेतका विभिन्न अस्पतालहरूमा उपचार गरियो सबै ठाउँमा पत्थरीको समस्या हो भन्दै औषधि गरियो तर, पीडा र समस्या जस्ताको त्यस्तै भएपछि भेरी अस्पताल पुगेर अल्ट्रासाउण्ड ९भिडियो एक्सरे० गर्दा केही नदेखिएपछि सिटिस्क्यानबाट मात्र वास्तविक रोग पत्ता लागेको हो ।’

शर्माले,भेरी अस्पतालमा कन्सल्टेन्ट ग्यास्ट्रो हेपाटोविलेरी तथा ल्याप्रोस्कोपिक सर्जन डा. कृष्ण मोहन अधिकारीसँग जाँच गराएपछि मात्र रोग पत्ता लागेको र डा। अधिकारी कै नेतृत्वमा आमाको दूरबिन प्रविधिबाट भेरी अस्पतालमै सफल शल्यक्रिया गरिएको जानकारी दिनु भयो ।

पश्चिम नेपालको इतिहासमा नै आन्द्राको क्यान्सरको जटिल अवस्थाको सफल शल्यक्रिया त्यो पनि दूरबिन प्रविधिबाट पहिलो पटक भएको डाक्टर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ बिरामी को बायोप्सी रिर्पोटले दोस्रो स्टेजको क्यान्सर डाईगोनोसिस भएको र दूरबिनले शल्यक्रिया गर्दा लिम्फ्रो पनि १७ भन्दा बढी निस्किएको छ । धेरी ईन्डिकेटरले शल्यक्रिया सफल भएको देखिएको छ ।’

शल्यक्रियामा जनरल सर्जनहरू डा. सन्तोष सिर्पाली र कमर हसन अन्सारी, एनेस्थेसिस्ठ डा. पारस पाण्डेलगायतको टिमले सघाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार