मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

जाजरकोट र रुकुमका भुकम्प पिडितलाई नरैनापुरबाट सहयोग सामग्री पठाइयो

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
२२ कार्तिक २०८०, बुधवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ ।

कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल मार्फत सहायता सामाग्री पठाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । 

नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम खानका अनुसार प्रमुख प्रशासकिय अधिकृत खराल सहित वडा नं ४ का अध्यक्ष मनोज शर्मा र वडा नं. ५ का अध्यक्ष कृष्णचन्द मौर्यले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई सहायता सामग्री सहितको पत्र हस्तान्त्रण गरेको बताउनु भयो । उहाँका अनुसार चामल, दाल, नून, आयोडिन लगायतका सामग्री रहेको छन् । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

गाउँपालिकाले घाइतेहरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै गाउँपालिकाबाट समेत सो कार्यका लागि सामाग्री पठाइएको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले जानकारी दिनु भयो ।

साथै सोही बिनाशाकारी भुकम्पमा परि नलाड नगरपालिकाका उप प्रमुख सरिता सिंह लगायत दिवंगत हुनुभएका सबै मृतप्रति पालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै गाउँपालिका अध्यक्ष शाहले यस्ता विपत्तीहरु जतिबेला पनि आउन सक्ने भन्दै सचेत रहन सबै जिल्लाबासीलाई आग्रह गर्नुभएको छ । भुकम्प हामीले रोकेर नरोकीने भएको हुदा यसबाट कसरी क्षति कम गर्न सकिन्छ यस तर्फ सचेत हुनुपर्ने बताउनुभयो । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार