मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

कोहलपुरका डीएसपी सुन्दर तिवारी माथि खुकुरी प्रहार

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
१० कार्तिक २०८०, शुक्रबार

बाँके । बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका-२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए । खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए ।

उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले मध्यराति १२ बजे नजिकै रहेको प्रहरी बिट कौशिलानगरमा खबर गर्‍यो । बिटका टोलीले थप मद्दत चाहिने भन्दै इलाका प्रहरी कार्यालय, कोहलपुरमा खबर गर्‍यो ।

त्यसपछि कोहलपुरका डीएसपी सुन्दर तिवारी नेतृत्वको टोली घटनास्थलमा पुग्यो । तिवारीका अनुसार, टोलीले त्यहाँ पुगेर पटकपटक संवाद गर्न खोज्दा उनले मानेनन् ।

‘परिवारका सदस्यले बरु गोली हानेर भए पनि नियन्त्रणमा लिनुपर्ने बताउन थाले, तर हामीले त्यस्तो गर्न मिल्थेन’, तिवारीले सुनाए, ‘नजिक जाने वित्तिकै बच्चा जोखिममा पर्ने स्थिति थियो, अश्रुग्याँस वा अरु कुनै विधिले पनि काम गरिरहेको थिएन ।’

प्रहरीको कमाण्ड सुन्दै नसुनेपछि प्रहरीले ढोका र झ्यालबाट प्रवेश गर्ने नीति लियो । हेलमेट लगाएका प्रहरी टोली दुवैतिर प्रवेश गर्ने तयारी गरिरहेका थिए । त्यहीबेला मध्यराति कुशलले डीएसपी तिवारीलाई छुरा प्रहार गरे ।

‘म झ्यालबाट केही दूरिमै थिए, तर टाढाबाट हानेको छुराले चोट लाग्यो’, उनले भने, ‘झ्यालमा डिस्ट्याक्सन गरेर ढोकाबाट प्रवेश गर्न खोजेका थियौं, त्यसक्रममा यस्तो घटना भएको हो ।’

प्रहरीका अनुसार, उनको हातमा टाँका लगाउनु परेको छ । यसपछि प्रहरी थप आक्रामक भयो । बच्चाको उद्धार गरियो । परिवारसँगको सोधपुछका क्रममा उनले विगतमा पनि यस्ता खाले हर्कत देखाउने गरेको खुल्यो ।

‘पहिले पनि यसरी लखेट्ने गर्थ्यो, हामी भाग्थ्यौं । यसपालिचाहिं बच्चा पनि राखेकाले समस्या भयो भनेर परिवारका अन्य सदस्यहरुले बताउनुभएको छ’, एक प्रहरी अधिकृतले भने, ‘कुसललाई मानसिक रुपमा समस्या हुनसक्ने देखिएपछि उपचारका लागि कोहलपुर मेडिकल अस्पताल पठाएका छौं ।’प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार