मुख्य समाचार
कोप–३१ मा नेपाल–जीजीजीआई सहकार्य विस्तार र जलवायु वित्तमा पहुँचबारे छलफल | आदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी | रास्वपा-सरकारबीच कुनै विवाद छैन : रवि लामिछाने | मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा | वन मन्त्री चौधरीद्वारा चीनका वातावरणमन्त्रीसँग भेटवार्ता | सिमराका विपन्न तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई १०५ थान झोला र कपडा सहयोग | सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए सपथ | गृहमन्त्री गुरुङ युएई प्रस्थान | सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय | मकवानपुरको भीमफेदी दुर्घटनामा १४ को मृत्यु |

कोप–३१ मा नेपाल–जीजीजीआई सहकार्य विस्तार र जलवायु वित्तमा पहुँचबारे छलफल

यूथ टुडे समाचारदाता 3665+ समाचार ( )
२९ कार्तिक २०८३, शनिबार

टर्की । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) का कार्यकारी निर्देशक सङ–ह्युप किमले भेट्नु भएको छ । 

टर्किएको कोप–३१ अन्तर्गत टर्कीको अन्तल्यामा द्विपक्षीय भेटवार्तामा नेपालका प्राथमिकता र आगामी सहकार्यका क्षेत्रबारे छलफल गर्नुभएको हो।

भेटमा मन्त्री चौधरीले जीजीजीआई नेपालको विश्वसनीय विकास साझेदार रहेको उल्लेख गर्नुभयो । “जलवायुमैत्री कृषि, स्वच्छ यातायात, हरित वित्त तथा पारिस्थितिकीय प्रणालीको पुनर्स्थापनाका क्षेत्रमा जीजीजीआईले पुर्‍याउँदै आएको सहयोग महत्वपूर्ण छ। ” उहाँले यसले दुई पक्षबीचको सहकार्यलाई थप रणनीतिक र संस्थागत बनाएको बताउनुभयो। हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकका लागि कोप–३१ जलवायु वित्तमा पर्याप्त पहुँच र लगानी सुनिश्चित गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।

जीजीजीआईको सहयोगमा सञ्चालित जलवायुमैत्री कृषि परियोजना कृषि तथा रोजगारीमा योगदान पुर्याएको बताउनुभयो । जलवायुमैत्री खेती प्रणाली, मौसम मापन केन्द्रको स्थापना तथा दिगो कृषि मूल्य शृङ्खलाको विकासमार्फत जलवायु परिवर्तनबाट प्रभावित किसानको अनुकूलन क्षमता बढाउन सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

जीजीजीआईका कार्यकारी निर्देशक किमले आफूले नेपालसाग सहकार्य गर्न सकरात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार