मुख्य समाचार
कोप–३१ मा नेपाल–जीजीजीआई सहकार्य विस्तार र जलवायु वित्तमा पहुँचबारे छलफल | आदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी | रास्वपा-सरकारबीच कुनै विवाद छैन : रवि लामिछाने | मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा | वन मन्त्री चौधरीद्वारा चीनका वातावरणमन्त्रीसँग भेटवार्ता | सिमराका विपन्न तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई १०५ थान झोला र कपडा सहयोग | सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए सपथ | गृहमन्त्री गुरुङ युएई प्रस्थान | सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय | मकवानपुरको भीमफेदी दुर्घटनामा १४ को मृत्यु |

रास्वपा-सरकारबीच कुनै विवाद छैन : रवि लामिछाने

यूथ टुडे समाचारदाता 3665+ समाचार ( )
२९ कार्तिक २०८३, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् ।

शनिवार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरूमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताए ।

उनले सरकार बाचा पूरा गर्ने काममा लागीपरेको बताए । सभापति लामिछानेले रास्वपाले आफ्नै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो आन्तरिक लोकतन्त्रको उदाहरणको रूपमा बुझ्न आग्रह गरे ।

रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा भएका बहसहरूलाई सकारात्मक रूपमा लिने उनको भनाइ छ । लामिछानेले यसपटक जनताले रास्वपालाई अवसर दिएको भन्दै अहिले पाएको जनमतबाट पनि मधेशले परिवर्तनको आशा र महसुस गर्न नसके आफू अर्को पटक भोट माग्न नआउने बताए ।

उनले जनता झुक्काएर भोट माग्ने चरित्र स्थापित हुने हो भने यस्तो राजनीति आफूलाई आवश्यक नरहेको बताए । मधेशी जनताको जीवनमा परिवर्तन प्राप्त गर्ने आशा, भरोसा र विश्वासका साथ आएको अवसरलाई धोका नदिन उनले नेता तथा कार्यकालाई आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार