मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

कर्मचारीलाई जिम्मेवारीमा केन्द्रित हुन र मनोबल कमजोर पार्ने क्रियाकलाप नगर्न मन्त्री खनालको आह्वान

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
८ अशोज २०८२, बुधवार

काठमाडौँ । अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनालले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीमा केन्द्रित रहन र मनोबल कमजोर पार्ने गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।

गत भाद्र २३ र २४ गते युवाहरूको अगुवाइमा भएको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै मन्त्री खनालले कर्मचारीहरूले शीघ्र, पारदर्शी र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुनु पर्ने आवश्यकता औँल्याएका छन्। उनले नागरिकको अपेक्षा अनुसारको सेवा सुनिश्चित गर्नु नै प्रशासन संयन्त्रको व्यावसायिक कर्तव्य भएको स्पष्ट पारे ।

उनका अनुसार भ्रष्टाचार नियन्त्रण गर्दै समृद्ध र सुशासनयुक्त नेपाल निर्माणका लागि सरकारको नीतिगत मार्गदर्शनमा एकजुट भएर कर्मचारीले खटिनुपर्नेछ। मन्त्री खनालले सरकारले कानुन बमोजिमका सेवाका सर्तमा असर नपर्ने र कर्मचारीको सेवा, सुविधा तथा वृत्ति विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको जानकारी गराए ।

“कार्यभार बढी भएका कार्यालयमा दरबन्दी बढाउने र कम भएका कार्यालयमा घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अघि बढाउने सरकारको नीति छ,” मन्त्री खनालले भने। उनले सुरक्षित कार्य वातावरण निर्माण गरी निर्बाध सेवा प्रवाह सुनिश्चित गर्ने विषयमा समेत सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

यसै क्रममा उनले सम्पूर्ण कर्मचारीलाई जिम्मेवारी निर्वाहमा नै केन्द्रित रहन र कार्यालयको काममा बाधा पुग्ने खालका अन्य गतिविधिबाट टाढा रहन आह्वान गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार