मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । 

रसियामा उच्च शिक्षा अध्ययन गरी नेपालको विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूको संस्था मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले रसिया युक्रेन युद्धका सम्बन्धमा नेपाल तटस्थ रहेको समेत बताउनुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले नेपालले सधैँ शान्ति चाहने हुनाले कूटनीतिक वार्ताबाटै रसिया–युक्रेन सम्बन्ध सुधार हुनुपर्छ भन्नेमा नेपाल स्पष्ट रहेको बताउनुभयो । 

कार्यक्रममा नेपालका लागि रसियाका राजदूत अलेक्सी नोभिकोभले नेपालको आर्थिक तथा सामाजिक विकासमा रसिया सरकारको सदैव साथ र सहयोग रहने बताउनुभयो । 

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी एवं पूर्व राजदूत निलाम्बर आचार्यले, उद्योगी उपेन्द्र महतो, मित्रकुञ्ज संस्थाका अध्यक्ष इन्जिनियर महेश पाण्डे, महासचिव सुष्मा खत्री रञ्जित लगायतले नेपाल र रसिया बीच दुवै देशका जनताको तहमा सम्बन्ध स्थापित गर्न पूर्व विद्यार्थीहरूको सङ्गठन निकुञ्जले पुलको काम गर्दै आएको बताउनुभयो । 

पूर्व सोभियन गणराज्य र हालको रसियाबाट १२ हजारभन्दा बढी चिकित्सक, इन्जिनियर तथा अन्य विधामा उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू नेपालका विभिन्न क्षेत्रमा कार्यरत रही महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको इन्जिनियर विनममान श्रेष्ठले जानकारी दिनुभयो । 

तिन दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल रुस सम्बन्धका विभिन्न विषयबारे अनुभव आदान–प्रदान गरिने सम्मेलनमा सहभागी इन्जिनियर विमला तुलाधरले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार