मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । 

रसियामा उच्च शिक्षा अध्ययन गरी नेपालको विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूको संस्था मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले रसिया युक्रेन युद्धका सम्बन्धमा नेपाल तटस्थ रहेको समेत बताउनुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले नेपालले सधैँ शान्ति चाहने हुनाले कूटनीतिक वार्ताबाटै रसिया–युक्रेन सम्बन्ध सुधार हुनुपर्छ भन्नेमा नेपाल स्पष्ट रहेको बताउनुभयो । 

कार्यक्रममा नेपालका लागि रसियाका राजदूत अलेक्सी नोभिकोभले नेपालको आर्थिक तथा सामाजिक विकासमा रसिया सरकारको सदैव साथ र सहयोग रहने बताउनुभयो । 

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी एवं पूर्व राजदूत निलाम्बर आचार्यले, उद्योगी उपेन्द्र महतो, मित्रकुञ्ज संस्थाका अध्यक्ष इन्जिनियर महेश पाण्डे, महासचिव सुष्मा खत्री रञ्जित लगायतले नेपाल र रसिया बीच दुवै देशका जनताको तहमा सम्बन्ध स्थापित गर्न पूर्व विद्यार्थीहरूको सङ्गठन निकुञ्जले पुलको काम गर्दै आएको बताउनुभयो । 

पूर्व सोभियन गणराज्य र हालको रसियाबाट १२ हजारभन्दा बढी चिकित्सक, इन्जिनियर तथा अन्य विधामा उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू नेपालका विभिन्न क्षेत्रमा कार्यरत रही महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको इन्जिनियर विनममान श्रेष्ठले जानकारी दिनुभयो । 

तिन दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल रुस सम्बन्धका विभिन्न विषयबारे अनुभव आदान–प्रदान गरिने सम्मेलनमा सहभागी इन्जिनियर विमला तुलाधरले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार