मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

कोरोना बढ्यो, सतर्कता अपनाउन स्वास्थ्यकर्मीको आग्रह

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
कोरोना सङ्क्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड-१९ विरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो ।
३ वैशाख २०८०, आइतबार

बाँके । कोरोना सङ्क्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेहरू सङ्ख्या बढ्न थालेको छ । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमित बढिरहेका छन् । कोरोना सङ्क्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड-१९ विरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो । यस बीचमा केही नागरिकहरूको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको सङ्क्रमणका कारण निधन हुनेहरूमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनुभयो । 

उहाँले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सब-भेरियन्टहरु रहेको बताउनुभयो । उहाँले नेपालमा अहिले ९ वटा सब-भेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातिको रहेको बताउनुभयो डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी १.१६ समुदायमा बढी सङ्क्रमण फैलाउने किसिमको रहेको उल्लेख गर्नुभयो । उहाँले यो सब-भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत सङ्क्रमण फैलाइरहेको बताउनुभयो ।

कोरोना सङ्क्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना सङ्क्रमितहरू बढ्दै छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको अस्पतालले जनाएको छ । 

‘‘पछिल्लो समय कोरोना सङ्क्रमित बढिरहेको देखिन्छ । केही हप्ताको तुलनामा र औसतमा झन्डै एक सयको हाराहारीमा सङ्क्रमितको सङ्ख्या दैनिक देखिने गरेको छ । केही व्यक्तिको मृत्यु भएको पनि छ । कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सब-भेरियन्टहरु भन्ने गरिएको छ । जुन नेपालमा नौ वटा सब-भेरियन्टहरु अहिले छ । आदि भन्दा बढी नयाँ नै देखिन्छ । एक्सबीबी १.१६ मुख्य मानिएको छ, कोरोना फैल्याउन । नेपालमा पनि ४२ प्रतिशत एउटा कारक मानिएको छ ।’’ उहाँले जोड दिएर भन्नुभयो, ‘‘भारतमा सङ्क्रमण फैलिएको कारण पनि यही नै हो । यो सङ्क्रामक छ । तर सङ्क्रामक हुँदाहुँदै पनि यो ओमिक्रोनकै सब-भेरियन्ट भएकाले तुलनात्मक रूपमा डेल्टा त्यो भन्दा अघिको लहरमा देखिएको भेरियन्ट भन्दा कम घातक मान्ने गरिन्छ । आइसियुमा जानुभएका र मृत्यु भएकाहरू ज्येष्ठ नागरिक र दीर्घरागीहरु हुनुहुन्छ । त्यसैले खोप नलगाएको भए लगाउनुहोस्, बुस्टर डोज दिइरहेको छ । यो ठूलो घातक नमानिए पनि यसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई असर गर्नसक्छ, त्यसैले सतर्कता अपनाउन जरुरी छ । सतर्कता बेलैमा अपनाए मानवीय क्षति कम हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ, हातको सरसफाइ राम्रोसँग बेलाबेलामा गर्नुपर्ने हुन्छ ।’’  

डा. पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरूले बेलैमा बुस्टर लगाउन पनि आग्रह गर्नुभयो । उहाँले कोरोना सङ्क्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिनुभयो । 

उहाँले बेलैमा स्वास्थ्यका मापदण्डसहित सतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार