मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

पौडेलले सकेनन् सभापतिको उम्मेदवार छान्न

महमूद आलम खान 1133+ समाचार ( )
सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार टुंग्याउन बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक विना निष्कर्ष टुंगिएको छ ।
२२ मंगशिर २०७८, बुधवार

काठमाडौं । सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार टुंग्याउन बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक विना निष्कर्ष टुंगिएको छ ।

सभापतिका दावेदारमध्येका दुई जना प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा आफ्नो दावी नछाड्ने अडान लिएपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

आज सहमति हुन नसकेपछि भोलिपनि नेताहरु बसेर सहमतिको प्रयास गर्ने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक समेत बस्नेछ भने त्यहाँ वृहत छलफल गरेर सभापतिका दावेदार नेताहरुसँग पनि बैठक बस्ने तयारी छ ।

छलफलमा संस्थापन इतरपक्षका सभापतिका उम्मेदवारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला र डा.शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु पनि सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार