मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

प्रादेशिक महोत्सवमा दर्शकको ओइरो

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
१२ माघ २०८१, शनिबार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सवको तेस्रो दिन शनिबार दर्शकको ओइरो लागेको छ ।

कठ्याङ्ग्रीने माघको जाडोमा बिहानैदेखि घाम लागेको नेपालगन्जमा दिउँसोसम्म महोत्सव परिसर सडक विभाग क्षेत्र भरिभराउ भइसकेको थियो । गायिका ज्योति मगरको गीत र गजल गायक थानेश्वर गौतमले प्रस्तुतीले दर्शकलाई छमछमी नाचेका थिए । हास्यव्यङ्ग्य कलाकार दमन रुपाखेतीको प्यारोडीले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।

महोत्सवको टिकट बिक्री व्यवस्थापन समितिका संयोजक सुदन केसीका अनुसार शनिबार १८ हजार ९५० जनाले मेला अवलोकन गरेका थिए । टिकट काउन्टरमा कर्मचारीहरुलाई भ्याइनभ्याइ थियो । शनिबारे विदा भएकाले ठूलो संख्यामा विद्यार्थी पनि मेलामा आएका थिए ।

महोत्सव मूल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष टंकबहादुर धामी मेलामा सूचना प्रविधि, उद्यमशाला र सांस्कृतिक कार्यक्रम अवलोकन गर्न दर्शकको आकर्षण भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले परम्परागत मेला महोत्सवभन्दा फरक सूचना प्रविधि, उद्यमशाला र रोजगार सम्बन्धी प्रदर्शनीस्थलका कारण दर्शकको आकर्षण बढेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीले पनि महोत्सवमा दर्र्शकको ओइरो लागेको हो ।’

संघसँग सहकार्य गरेर क्यान महासंघ बाँकेले महोत्सव परिसर भित्रै आइएनजी स्क्रिन ५औं क्यान इन्फोटेक २०२५ पनि सञ्चालन गरेको छ । महासंघ बाँके शाखा अध्यक्ष यज्ञराज जोशी शनिबार मात्र झन्डै १० हजार जनाले सूचना प्रविधिका स्टलको अवलोकन गरेको बताउँछन् । उनी भन्छन्, ‘क्यान इन्फोटेकमा विशेष छुटको व्यवस्था गरेकाले पनि दर्शकको आकर्षण बढेको हो ।’

महोत्सवका प्रचार विभागका संयोजक डम्बरबहादुर चन्दका अनुसार महोत्सवमा कृषि, पर्यटन, सूचना प्रविधि, स्थानीय उत्पादनसहितका ३५० स्टलहरु रहेका छन् । महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय र राष्ट्रिय कलाकारको गीत, नृत्य, हास्यव्यङ्ग्य, लाइभ दोहोरी लगायतका सांस्कृतिक कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार