मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

विद्यालयमा भडकिएको हिंसा नियन्त्रण गर्न खोज्दा महिला प्रहरीको हत्या

महमूद आलम खान 1133+ समाचार ( )
गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा महिला प्रहरीेकाे मृत्यु भएको हो
६ चैत्र २०७८, आइतबार

मोरङ । मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएको छ ।

गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा महिला प्रहरीेकाे मृत्यु भएको हो । लेटाङ बजारको मनकामना अस्पतालले उपचारका लागि ल्याउँदा उहाँको मृत्यु भइसकेको बताएको छ । वडा नं. ४ का वडाध्यक्ष सन्तोष कार्कीले पनि अस्पतालमा प्रहरीको शव देखेको बताउनुभयो । अस्पतालले मृत्यु पुष्टि गरे पनि इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमनराज अर्यालले केही पनि बताउन चाहनु भएन । बलात्कारको आरोप लागेका शिक्षकलाई विद्यालय प्रशासनले विद्यालयमा दिनभर प्रहरी सुरक्षा दिएर राखेको थियो । विद्यार्थी र स्थानीय अभिभावकले शिक्षकलाई बाहिर निकाल्न आग्रह गर्दा प्रहरीले बल प्रयोग गरेको स्थानीयको भनाई छ ।

लेटाङ ५ को शिक्षा विकास माविमा अध्ययनरत कक्षा ७ मा पढ्ने १३ वर्षीय किसोरीलाई सोही विद्यालयका शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक उत्तेजित भएका थिए । बिहान १० बजे देखि तनावग्रस्त बिद्यालय परिसर राति पौने ९ बजे शान्त भएको थियो । प्रहरी सुरक्षा बढाएर अश्रुुग्यास प्रहार गरी भीड नियन्त्रण गर्दै प्रहरीले बलात्कारको आरोप लागेका शिक्षक मनोज पौडेललाई बिद्यालयबाट इलाका प्रहरी कार्यालय लेटाङ ल्याएको छ । पौडेललाई घटनास्थलबाट लेटाङ ल्याउँदा समेत स्थानीयले लखेटी लखेटी प्रहरी माथि ढुङ्गा मुढा गरेका थिए । सो क्रममा एक जना प्रहरी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार