मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

तथ्यगत पुष्ट्याइँ नभई समाचार सम्प्रेषण नगर्न काउन्सिलको आग्रह

महमूद आलम खान 1133+ समाचार ( )
कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य संगठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
२२ माघ २०७८, शनिबार

काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यगत पुष्ट्याइँ नभई समाचार सम्प्रेषण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । साथै, सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गर्नसमेत अग्रह गरेको छ ।

काउन्सिलले विज्ञप्तिमार्फत तथ्यगत पुष्ट्याइँ नभइ, अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले त्यसतर्फ ध्यान दिन यस्तो आग्रह गरेको हो ।

प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य संगठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६)मा सञ्चार माध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन÷प्रसारण वा बाह्य लिङ्कहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्ने व्यवस्था छ ।

विज्ञप्तिमा भनिएको छ– ‘पछिल्लो समय कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएको पाइएको छ । यसरी तथ्यगत पुष्ट्याइँबेगर सामग्री तयार भइ एक समाचार संस्थाबाट समेत सञ्चार माध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

तथ्यगत पुष्टी बेगर समाचार सम्प्रेषण गर्ने उक्त समाचार संस्था र प्रकाशन गर्ने अनलाइनहरूलाई काउन्सिलले स्पष्टीकरणसमेत सोधेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार