मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

कर्माचार्य समाजको बाँके बर्दिया शाखा गठन

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
२३ कार्तिक २०८२, शनिबार

नेपालगन्ज । बाँके र बर्दियामा बसोबास गर्दै आएका कर्माचार्य बन्धुहरुको भेलाले कर्माचार्य समाज बाँके बर्दिया शाखा गठन गरेको छ । समाजका केन्द्रीय उपाध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको उपस्थितीमा आज नेपालगन्जमा भएको भेलाले बाँके बर्दिया शाखा गठन गरेको हो । 

समाजको अध्यक्षमा पत्रकार शरण कर्माचार्य, उपाध्यक्षमा रबि कर्मचार्य र रामकुमारी कर्माचार्य, सचिवमा राजन कर्माचार्य, कोषाध्यक्षमा मनिष कर्माचार्य र सदस्यहरुमा प्रदीप कर्माचार्य (बर्दिया), सुजता कर्माचार्य(लमही), दानप्रसाद कर्माचार्य(कोहलपुर) र किरण कर्माचार्य (कोहलपुर) रहेका छन् । भेलाले वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, राजनीतिकर्मी अशोक कर्माचार्य र प्रकृति चिकित्सा अभियन्ता आनन्द कर्माचार्यलाई समाजको सल्लाहकार चयन गरेको समाजका केन्द्रीय सदस्य बसन्त कर्माचार्यले बताए । 

भेलामा बोल्दै उपाध्यक्ष कर्माचार्यले नेपाल मण्डलको उत्पत्तीसँगै कर्माचार्य बन्धुहरुको अस्तित्व देखिएको बताए । अचाजुकारुपमा पूजा र धार्मिक पूजारीकारुपमा कर्मगर्ने कर्माचार्यहरुको इतिहास लामो रहेको उल्लेख गर्दै उनले नेपालमा १२०० बढी कर्माचार्य परिवारको बसोबास रहेको बताए । 

केन्द्रीय सदस्य गोविन्द कर्माचार्यले भाषा, सभ्यता र संस्कृतिको संरक्षण गर्न कमाचार्य बन्धुहरुको संगठन निर्माण गरिएको बताए । 

वैदिक कालमा (झण्डै ३५०० वर्ष अघि) ऋत्विज्, होता, अध्वर्यु, उद्गाता, ब्राह्मण आदि नामका पूजारी वर्ग थिए। ती ऋत्विजहरु मध्ये जो विशेष रूपमा कर्मकाण्डको निर्देशन गर्थे, उनीहरू नै पछि कर्माचार्य भनिन थालेको कथन रहँदै आएको छ ।

कार्यक्रममा समाजका केन्द्रीय सदस्य अनिता कर्माचार्य, नेवाः दय दबु बाँकेका अध्यक्ष बद्री श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार