मुख्य समाचार
“स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश | बर्दियाको गुलरिया,मधुवन र बढैयातालमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन | जानकी गाउँपालिकामा तीन दिने विपद् उद्धार तालिम सम्पन्न | विपद्सँग जुध्न जानकी गाउँपालिका सक्रिय : तीन दिने उद्धार टोली क्षमता अभिवृद्धि तालिम सुरु | 'एसईई'मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार | जानकी अध्यक्ष कप क्रिकेटको उपाधि रमवापुरलाई |

पुर्व माओवादी घटकहरू एकजुट हुन जरुरी : सांसद माझी

यूथ टुडे समाचारदाता 3381+ समाचार ( )
५ कार्तिक २०८०, आइतबार

लमजुङ । प्रतिनिधिसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य उर्मिला माझीले माओवादी विचार र आस्थावान सबै घटक र समुहहरू एकतावद्व हुन जरुरी रहेकाे बताउनुभएको छ ।

लमजुङ जिल्ला राइनास नगरपालिका वडा नं ५ निवासी नेकपा माओवादी केन्द्रका कार्यकर्ता रविन्द्र कँडेलकाे निधन भएको ११ ओैं दिनमा आयाेजित श्रद्धाञ्जली कार्यक्रममा नेतृ माझीले साे बताउनुभएको हाे । २०१६ साल असाेज ४ गते जन्मनुभएका कँडेलकाे २०८० असाेज २५ गते निधन भएको थियाे । कँडेलले वामपन्थी एकता र पार्टीको रूपान्तरणको पक्षमा आफ्नो धारणा र सुझाव राख्ने गर्नुभएको थियाे ।

माओवादी केन्द्र लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र राइनास नगरपालिका कमिटीकाे आयाेजनामा भएको कार्यक्रममा सांसद माझीले कँडेलकाे निधनले माओवादी पार्टी, वामपन्थी आन्दोलनले अपुरणिय क्षति ब्यहाेरेकाे बताउँदै उहाँले गर्नुभएको याेगदानकाे उच्च कदर गर्नुपर्ने बताउनुभयाे । उहाँले शाेकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै शाेकलाई शक्तिमा बदलेर अगाडि बढ्ने प्रेरणा पैदा हाेस् भन्ने कामना गर्नुभयाे ।

कार्यक्रममा राइनास नगरपालिका उपमेयर तथा माओवादी केन्द्रका नगरपालिका अध्यक्ष पुष्प खनालले कँडेल असल अभिभावक भएको र पार्टी र आन्दोलनकाे पक्षमा निरन्तर क्रियाशिल हुनुभएको र अन्तिम अवस्थासम्म पनि पार्टी एकता र रूपान्तरणको पक्षमा चिन्ता ब्यक्त गरिरहनुभएकाे बताउँदै उहाँकाे बाँकी सपना पूरा गर्न आफुहरू प्रतिवद्व रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस सेन्टरका महासचिव सन्ताेष पाैडेल, राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल , राइनास नगरपालिकाका शिक्षा अधिकृत पूर्ण नेपाली, नेकपा एसका केन्द्रीय सल्लाहकार मातृका खनाल लगायत विभित्र पार्टीका विभिन्न तह र तप्कामा रहनुभएका नेताहरूकाे सहभागीता रहेकाे थियाे । लमजुङ काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष अर्जुन मगरातिकाे सभापतित्वमा भएको कार्यक्रमकाे सञ्चालन सचिव नारायण नेपालीले गर्नुभएको थियाे ।

राइनास नगरपालिका वडा नं ५, लमजुङ स्थायी निवासी कँडेलका १ छाेरा गाेविन्द कँडेल एवं छाेरीहरू मिरा र कमला रहेका छन् । कँडेलले अहिले गणतन्त्र लगायत उपलब्धी प्राप्तिका निम्ति २०५५/०५६ सालमा झन्डै १५ बर्ष सेवा गरेकाे निमावि स्थायी शिक्षककाे जागिर छाेडेर जनयुद्धमा समाहित हुनुभएकाे थियाे ।

साेही दिन राइनास नगरपालिका वडा नं ६ लमजुङ निवासी माओवादी केन्द्रका पार्टी सदस्य जुठे मालुकेकाे निधन भएकाे छैठौं दिनमा उहाँको घर पुगी श्रद्धाञ्जली अर्पण गर्नुका साथै श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको थियाे । मालुकेका श्रीमती मेत्तर मालुके एवं छाेराहरू किरण र सुनिलप्रति समवेदना प्रकट गरिएको थियाे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश समिति सदस्य सविन कुमालले जुठे मालुकेकाे बारेमा चर्चा गर्दै उहाँको निधनले अपुरणिय क्षति पुगेको धारणा राख्नुभएको थियाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार