मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

सत्तारुढ १० दलको बैठकमा उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सकेन

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको उनको भनाई छ
२७ फाल्गुन २०७९, शनिबार

काठमाडौं । सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिको साझा उम्मेदवारमा सहमति जुटाउन असमर्थ भएको छ । बालुवाटारमा शनिबार बिहान बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएको थियो । तर, कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए ।

सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको उनको भनाई छ । राउतका अनुसार जनमतले एकजना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको छ ।

राउतले भने पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरुले ममतालाई उम्मेदवार बनाउने बताए ।

तर, गठबन्धनको संयुक्त बैठकले उपराष्ट्रपतिमा जसपाका उमेदवारलाई सहयोग गर्ने निर्णय गरेको नेकपा एकीकृतका महासचिव डा. बेदुराम भुसालले बताए ।

महिला वा पुरुष कसलाई उमेदवार बनाउने भन्नेबारे निर्णय गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितको बैठक केही समयमा बस्दै छ ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिमा महिला उमेदवार हुनु पर्ने निर्वाचन आयोगले स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार