मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
मलेसिया सरकारले आप्रवासी श्रमिकलाई रोजगारीको विभिन्न क्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ
८ जेठ २०८२, बुधवार

काठमाडौँ । मलेसिया सरकारले आप्रवासी श्रमिकलाई रोजगारीको विभिन्न क्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ । यसबाट नेपाली श्रमिकले पनि लाभ लिन सक्ने बताइएको छ ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुतियन इस्माइलले आप्रवासी श्रमिकको व्यवस्थापन सम्बन्धी १३ औँ संयुक्त समितिको बैठकबाट सो निर्णय भएको हो । 

मलेसिया सरकारको पछिल्लो निर्णयमा औपचारिक क्षेत्र (उत्पादन, निर्माण, कृषि, बगान) र सेवा क्षेत्रका (होटेल, पर्यटन) लगायतका क्षेत्रमा काम गर्ने आप्रवासी श्रमिकले रोजगारदाता परिवर्तन गर्न अनुमति लिन सक्ने छन् ।

यसअघि मलेसिया सरकारले आप्रवासी श्रमिकलाई एकै प्रकृतिको कार्यक्षेत्रमा मात्रै रोजगारदाता कम्पनी परिवर्तन गर्ने अनुमति दिएको छ । जुन कम्पनी पुनर्संरचना, बन्द, विस्तार वा श्रम विभागको निगरानीमा रहेको समितिद्वारा अनुमोदन जस्ता सर्तमा आधारित छन् । 

दूतावासले मलेसियामा रोजगारदाता कम्पनी परिवर्तन गर्न इच्छुक श्रमिकलाई राम्रो अवसर हुने जनाएको छ । मलेसिया सरकारको पछिल्लो निर्णय अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले गरेका विभिन्न सिफारिससँग मेल खाने छन् । 

प्रतिक्रिया

अमिन खान ८ जेठ २०८२, बुधवार

सेक्युरिटी ग्वाड

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार