मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

बुटवल–मोतीपुर प्रसारण लाइनमा तीन दिन अवरोध, वैकल्पिक तयारी गर्न उपभोक्तालाई आग्रह

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
८ कार्तिक २०८२, शुक्रबार

बुटवल । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले बुटवल–मोतीपुर १३२ केभी प्रसारण लाइन मर्मत कार्यका कारण तीन दिनसम्म विद्युत् आपूर्तिमा असर पर्न सक्ने जनाएको छ ।

महाशाखाले जारी गरेको सूचनामा बुटवल सबस्टेसन खण्ड–४ अन्तर्गत रहेको Lattice Tower लाई Monopole Tower मा प्रतिस्थापन गर्ने काम ठेकेदार कम्पनीमार्फत हुने उल्लेख गरिएको छ । सो क्रममा २०८२ कार्तिक ८ देखि १४ गतेसम्म Monopole Erection, Conductor Stringing र Tower Dismantling कार्य हुने भएकाले दुबै सर्किट चौबिसै घण्टा लाइन अवरुद्ध हुने जनाइएको छ ।

लाइन अवरुद्ध हुँदा प्रभावित क्षेत्रका उपभोक्ताले अस्थायी रूपमा बत्ती झिमझिम वा विद्युत आपूर्ति पूर्णरूपमा अवरुद्ध हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

महाशाखाका प्रमुख इ. अनिल बन्जाडेले “काम सकेपछि प्रसारण लाइन तुरुन्त सञ्चालनमा ल्याइनेछ,” भन्दै असुविधाका लागि उपभोक्तामाझ क्षमायाचनासहित आवश्यक तयारी गर्न आग्रह गरेका छन् । यस्तै नेपालगन्ज वितरण केन्द्रले पनि उपभोक्ताहरु संग क्षमायाचना मागेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार