मुख्य समाचार
जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो | धनगढीमा एनसेलको पहिलो ‘फोफो सेन्टर’ सञ्चालन, एकै छानामुनि ग्राहक सेवा र मोबाइल सामग्री | दोलखामा बाढीपहिरोमा परी एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा | नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरीमा नयाँ कीर्तिमान | नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न |

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

यूथ टुडे समाचारदाता 3506+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकमा संक्रमणकालीन न्याय लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको हो ।

आज बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि पछिल्लो राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायबारे छलफल गर्न सचिवालय बैठक बसिरहेको छ ।

यसअघि आइतबार राति अबेरसम्म भएको छलफलमा संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनको सन्दर्भमा एमाले, माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा माओवादी, एमाले र रास्वपालगायत दलहरु मिलेर जाने विषयमा सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मिलेर जानुको विकल्प नभएको निष्कर्षका साथ सहमति जुटेको कांग्रेसबाहेकमा दलहरुबीच यस्तो सहमति भएको हो ।

‘संसद्मा सङ्क्रमणकालीन न्यायसम्बन्धी जुन विधेयक थियो त्यसमा सहमति गर्ने भन्ने भएको छ । कानुनमन्त्रीज्यूले त्यसलाई रोकिदिनु भएपछि त्यसलाई अघि त बढाउनुप¥यो नि’, उनले भने, अघि बढाउने क्रममा भएको यो नयाँ छलफल हो । सङ्क्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको विषयमा मिलेर जाने भन्ने छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार