मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

कोरोना खोप लगाउन उत्प्रेरित गर्न महिला स्वयमसेविकाहरुलाई अभिमुखीकरण

महमूद आलम खान 1133+ समाचार ( )
बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उदेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ ।
१४ माघ २०७८, शुक्रबार

नेपालगञ्ज । बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उदेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ । 

प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिका वडा न.१ र २ का महिला स्वयमसेविकाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । 

कोविड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन गाउँघरमा गएर उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । 

उहाँले खजुरा गाउँपालिकाको सबै घरधुरीमा महिला स्वयमसेविकाहरुलाई परिचालन गरि घरदैलो कार्यक्रम गरेर कोरोना नियन्त्रण सम्बन्धि सचेतना फैलाउने तथा खोप लगाउन सबैलाई उत्प्रेरित गर्ने उद्देश्य रहेको बताउनुभयो । 

खजुरा गाउँपालिकामा १८० जना महिला स्वयमसेविकाहरुलाई परिचालन गरि कोविड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन उत्प्रेरित गर्ने, पोस्टर र फ्लायर मार्फत सचेतीकरण गर्ने योजना रहेको छ । 

खजुरा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले अभिमुखिकरणको सहजीकरण गर्दै कोभिड संक्रमण तिव्र गतिमा फैलिरहेकोले स्वास्थ्य मापदण्डको पालना र हरेक नागरिकले आवश्यक सबै खोप लगाउन महिला स्वयंसेविकाको भूमिका अहम हुने बताउनुभयो ।  

सोही योजना अन्तर्गत शुक्रवार पहिलो चरणको अभिमुखीकरण कार्यक्रममा २७ जना महिला स्वयमसेविका, स्वास्थ्य चौकीका इन्चार्ज दिपक ढकाल लगायतको उपस्थिति रहेको बाँके युनेस्को क्लबका परियोजना अधिकृत अनुप बर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार