मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

२०८१ मा योगको राष्ट्रिय सम्मेलन नेपालगंजमा गर्ने

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
योगको वैज्ञानिक महत्व बुझन जरुरी छ – मेयर बिष्ट
१० जेठ २०८१, बिहीबार

बाँके । नेपालमा नैं योगको विकास भएर पनि योगको अनुसन्धान र महत्व बुझाउन नसक्दा पछाडि परेको भन्दै अब तिनै तहका सरकारबाट प्रचार–प्रसार हुन जरुरी रहेको एक कार्यक्रमका सहभागिहरुले बताए ।

योग समिति नेपालको छैठौ वार्षिकोत्सवका अवसरमा आज नेपालगंजमा आयोजित कार्यक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले योगको वैज्ञानिक महत्व रहेको भन्दै त्यसको विकासको लागि नेपालगंज उपमहानगरपालिका योग समिति संग सहकार्य गरेर अगाडि बढ्ने बताउदै उहाँले २०८१ मा योगको राष्ट्रिय सम्मेलन नेपालगंजमा आयोजना आग्रह गर्दै उक्त कार्यक्रमको सम्पूर्ण खर्चको जिम्मेवारी नेपालगंज उपमहानगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

कार्यक्रममा नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यले दीर्घजीवनका लागि योग साधान अनिवार्य रहेको बताउनु भयो । उहाँले यसको विकास र प्रचारका लागि सबै क्षेत्र जुटेर योगमा लाग्नुपर्ने जिकिर गर्नु भएको थियो । 

जीवन सुधार्नका लागी योग, साधना र ध्यान आवश्यक भएकाले योगले मानिसलाई स्वस्थ र अनुशासित बनाउने योग समितिका अध्यक्ष योग गुरु गिरिराज भट्टराईले बताउनु भयो । उहाँले परिर्वतित समय अनुसार प्रत्येक मानिसलाई योग आबश्यक रहेकाले योग ध्यान गर्न जरुरी रहेको भनाई राख्नु भएको थियो । भट्टराईले लुम्बिनी, कर्णली, सुदुर पश्चिम, मधेश प्रदेश र भरातको श्रावस्ती जिल्लामा योग समिति नेपालको समिति गठन भई सकेको बताउदै उहाँले हजारौ योगी मनहरुले योग गर्दै आएको जानकारी दिनु भएको थियो ।

योग समिति नेपालको छैठौ वार्षिकोत्सवका अवसरमा योग प्रशिक्षक अनिता श्रेष्ठ, लक्ष्मी बिष्ट, नेपालगंज २ का वडा अध्यक्ष मनोज श्रेष्ठ, पत्रकार समिरमान श्रेष्ठ लगायतलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको सचिव झवि शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार