मुख्य समाचार
भोटेकोशी बाढी प्रभावित परिवारलाई ‘दिगो विकास तथा शान्ति यात्रा’को राहत | बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ |

भोटेकोशी बाढी प्रभावित परिवारलाई ‘दिगो विकास तथा शान्ति यात्रा’को राहत

यूथ टुडे समाचारदाता 3541+ समाचार ( )
२२ भाद्र २०८३, सोमबार

काठमाडौं । विभिन्न दिगो विकास तथा शान्ति यात्रा (Journey for Sustainable Development and Peace) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ।

संस्थाले सोमबार त्रिशूलीको देशीघाटमा बाढी प्रभावित परिवारका लागि ५०/५० थान राहत प्याकेज वितरण गरेको हो। राहत प्याकेजमा प्राथमिक उपचार सामग्री, सेनेटरी प्याड, खाद्यान्न, ड्राइफुड, कपडा तथा शैक्षिक सामग्री समावेश गरिएको थियो।

विभिन्न व्यक्ति तथा संस्थाले स्वेच्छिक रूपमा उपलब्ध गराएको सहयोगबाट संकलित सामग्री बाढी प्रभावित परिवारलाई वितरण गरिएको संस्थाले जनाएको छ।

राहत वितरण कार्यक्रममा संस्थाका सल्लाहकार, लेखक तथा समाजसेवी डा. दीपक चौधरी, अध्यक्ष तथा पोषणविद् डा. कविता महर्जन, उद्यमी आशिष श्रेष्ठ र सुव्रत बुढाथोकी लगायतको सहभागिता रहेको थियो।

यसै क्रममा केही कपडा, सेनेटरी प्याड तथा खानेपानीसम्बन्धी राहत सामग्री श्री चन्द्रज्योति माध्यमिक विद्यालय तथा आयुर्वेद नेपाल होल्डिङ सेन्टरलाई समेत हस्तान्तरण गरिएको थियो।

अनुसन्धान तथा समाजसेवाका क्षेत्रमा क्रियाशील रहँदै आएको दिगो विकास तथा शान्ति यात्राले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग पुर्‍याउँदै मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ।

बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न गरिएको यस सहयोगले विपद्को समयमा समुदाय, व्यक्ति तथा संस्थाबीचको सहकार्य र मानवीय एकताको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

Birendra manandhar २३ भाद्र २०८३, मङ्गलबार

Good work....

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार