मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

निर्वाचन आयोग माइक्रोस्कोप लगाएर मलाई हेरीरहेको छ - प्रचण्ड

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
मनोनयन दर्ताको दिन जनताले स्वत स्फूर्त रुपमा नौमती बाजा बजाएर स्वागत गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको र जवाफ लेख्दा पनि चित्त नबुझाएको भन्दै आयोगको कामप्रति टिप्पणी गरेका हुन् ।
१६ कार्तिक २०७९, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

मनोनयन दर्ताको दिन जनताले स्वत स्फूर्त रुपमा नौमती बाजा बजाएर स्वागत गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको र जवाफ लेख्दा पनि चित्त नबुझाएको भन्दै आयोगको कामप्रति टिप्पणी गरेका हुन् ।

नेकपा माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग ‘प्रचण्डले के गर्दैछ ?’ माइक्रोस्कोप लगाएर हेरिरहेको टिप्पणी गरे ।

प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने– ‘निर्वाचन आयोग प्रचण्डले के गर्दैछ भनेर माइक्रोस्कोप लगाएर हेरिरहेको छ । मनोनयन दर्ता गर्ने बेलामा जनता स्वत स्फूर्त रुपमा गाजाबाजा लिएर आए । त्यो विषयमा मलाई थाहा थिएन । तर, त्यसै विषयमा आयोगले स्पष्टीकरण सोध्यो । मैले जवाफ लेखेको थिए । चित्त बुझ्दो जवाफ भएन रे । त्यो बाजा कहाँबाट आयोग भनेर पत्ता लगाउन निर्देशन दिएको छ रे ।’

प्रचण्डले आफू गोरखा जानु गोरखाली जनताका लागि खुसीको विषय मात्र नरहेर चुनौतीको विषय समेत भएको बताए । आफूसँगै आफ्ना विरोधहरू पनि गोरखा पुगेको भन्दै गोरखाली जनतालाई चुनौती रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आफू गोरखा पुगेसँगै सुरक्षा चुनौती थपिएको समेत बताएका छन् । विगतमा आफू अन्य जिल्लाको प्रतिनिधि हुँदा त्यस जिल्ला र क्षेत्रमा सुरक्षा चुनौती रहेको भन्दै अब गोरखामा पनि सुरक्षा चुनौती हुने बताए ।

अध्यक्ष प्रचण्डले आफू गोरखा पुगेसँगै सुरक्षा चुनौती थपिएको भन्दै गोरखाली जनतासँग नेतृत्वको रक्षा गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार