मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नु पर्छ : मन्त्री अथक

महमूद आलम खान 1132+ समाचार ( )
युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण
१२ कार्तिक २०७८, शुक्रबार

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नुभएकोछ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । 

अनुगमनका क्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यसक्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गर्नुभयो । 

निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिदैं मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नुभयो । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री अथकले भन्नुभयो, “भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस ।”

पछिल्लो समय ठुलो मात्रामा युवाहरु बिदेशिने गरेको तर्फ ईगित गर्दै मन्त्री अथकले युवाहरुलाई स्वदेशमै बस्ने बातावरण निर्माण गर्न नयाँ ढंगले सोचनुपर्ने आवश्यक रहेको बताउनुभयो । “युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस” मन्त्री अथकले भन्नुभयो, “स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशिल युवाहरुबाट उप्रेरीत हुने गरी अन्य युवाहरुलाई समेत स्वदेशमै रोक्नेखालका योजनाहरु अगाडी बढाउनुहोस ।”

साधन स्रोतका कारण कुनै पनि योजना संचालनमा समस्या हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाउँदै मन्त्री अथकले सामान्य कर्मचारी भन्दा माथी उठेर देशभरका युवाहरुलाई सपना देखाउने ब्यक्तिका रुपमा आफुलाई उभ्याउन कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ । 

अहिलेकै अवस्थामा युवाहरु बिदेशिने हो भने आगामी ३० वर्षभित्र नेपालमा युवाहरुको खडेरी पर्ने अवस्था आउने खतारा बढ्दै गएको भन्दै मन्त्री अथकले चिन्ता ब्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा युवा तथा खेलकदु मन्त्रालयका निमिक्त सचिव कमल प्रसाद पोखरेल र सहसचिव विष्णुृराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा उर्जावान ब्यक्ति पाएको भन्दै अहिलेसम्म विभिद कारणले रोकिएका र हुन नसकेका महत्वपूर्ण नितिगत कुराहरुलाई अगाडी बढाउने प्रक्रिया सुरु भएको बताउनुभयो । 

कार्यक्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगती विवरण पेश गर्नुभएको थियो । पछिल्ला वर्षहरुमा परिषदलाई उपलब्ध हुँदै आएको बजेटमा कटौती हुने क्रम बढ्दै गएको भन्दै ढुंगानाले त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार