मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

सिमा नाका सिल, कडा सुरक्षाका बिच बाँकेमा मुर्ति बिसर्जन गरिदैं

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
८ कार्तिक २०८०, बुधवार

बाँके । नवरात्रको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज कडा सुरक्षा व्यवस्थाबीच नदीमा सेलाइँदैछ । बाँके जिल्लाका शहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएको दुर्गा मूर्तिलाई राप्ती नदी, मानखोला र कर्णालीमा लगेर सेलाउने गरिन्छ ।

ट्रक, ट्रालीलगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ, बाजागाजासँगै बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय मातादी)को नारा लगाउँदै मूर्ति सेलाइने गरिएको दुर्गा पुजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।

आज बुधबार सबै मूर्ति लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइन्छ । मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण, भजन कीर्तनसमेत गरिन्छ ।

घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति ९ दिनसम्म विशेष पुजापाठ गरी दसँैको भोलीपल्ट अर्थात आज सेलाउने परम्परा रहेको दुर्गा मूर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताए ।

उनका अनुसार मूर्तिमा विशेष गरी नौ दिनसम्म दुर्गा सप्तशतीको पाठ गर्ने गरिन्छ । नवमीका दिन विशेष पुर्णाहुति गरी पूजापाठ सकिन्छ । आजको कार्यक्रम सौहार्दपूर्ण र सामाजिक सद्भावको वातावरणलाई सुदृढ बनाउन विशेष सुरक्षा व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

दुर्गा मूर्ति विसर्जन ¥याली निस्कने भएकाले ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन आज बिहान ८ बजेदेखि राती १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ ।

दुर्गा भवानीको मूर्ति विसर्जन ¥यालीअत्यन्तै मर्यादित, अनुशासित, शान्तएवम् शौम्य तुल्याउन साँझ ५ बजे अघि नै मूर्ति विसर्जन सक्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँके जिल्लामा करिब ६०० दुर्गा मूर्ति रहेका छन् । नेपालगन्जमा मात्र ५६ वटा मूर्ति पुजाका लागि स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार