मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
१५ वैशाख २०८३, मङ्गलबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगलीमा मंगलबार बिहान भएको भीषण आगलागीले १० वटा घर र ४ गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन्। बिहान करिब ४ बजेतिर मुनाउ यादवको घरबाट सुरु भएको आगो क्षणभरमै बस्तीभर फैलिँदा पुरै गाउँ नै शोकमा डुबेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपालगञ्ज र नरैनापुरबाट आएका दुई दमकल तथा स्थानीयवासीको सक्रियतामा ३ घण्टा पछि आगो नियन्त्रणमा आएको भए पनि क्षति व्यापक भएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रेतीका अनुसार हाल क्षतिको विवरण संकलनका लागि मुचुल्का तयार भइरहेको छ।

आगलागीमा मुनाउ यादवसहित रफिक अली शेष, अब्बास अली शेष, सहजराम मौर्य, योधी मौर्य, तिर्थ मौर्य, शिवकुमार मौर्य, लल्लु मौर्य र राम पल्टन मौर्यको घर पूर्णरूपमा जलेका छन्। त्यस्तै रामसुरत यादव, भडभड यादव, अगल मौर्य र साबित अली जोलाहका फुसले छाएका गोठ पनि जलेर नष्ट भएका छन्।

सबैभन्दा पीडादायी पक्ष—मुनाउ यादवको घरमा आज छोरीको विवाह तय थियो । दाइजोका लागि जोहो गरेर राखिएका लत्ताकपडा, खाद्यान्न र आवश्यक सामग्री सबै आगोले नष्ट गरेपछि विवाहको घर एकैछिनमा शोकको घरमा परिणत भएको छ। “खुसीको दिन शोकमा बदलियो, यो पीडा शब्दमा बयान गर्न सकिन्न,” स्थानीयवासीले भावुक हुँदै भने।

सौभाग्यवश मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। तर, फुसले छाएका कच्ची घरका कारण आगो तीव्र रूपमा फैलिँदा क्षति ठूलो भएको नरैनापुर गाउँपालिकाका विपद् शाखा प्रमुख बिनोद चौधरीले बताउनुभयो ।

पीडित परिवारलाई गाउँपालिकाले तत्काल त्रिपाल र रेडी–टु–ईट खाद्यान्न वितरण सुरु गरेको छ। गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार प्रहरीको मुचुल्का प्रतिवेदन आएलगत्तै प्रत्येक पीडित परिवारलाई १५ हजार रुपैयाँका दरले नगद राहत उपलब्ध गराइनेछ।

तर, स्थानीयको प्रश्न गम्भीर छ—हरेक वर्ष दोहोरिने यस्ता आगलागीका घटनाबाट कहिलेसम्म यसरी नै क्षति व्यहोर्नु पर्ने ?

विशेषगरी तराईका ग्रामीण बस्तीमा फुसले छाएका घर, घना बस्ती संरचना र अग्नि सुरक्षाका न्यून पूर्वाधारका कारण सानो चिंगारीले पनि ठूलो विपत्ति निम्त्याउने गरेको छ।

अब आवश्यक के छ?

तत्काल राहतसँगै सुरक्षित आवास निर्माण, आगलागी पूर्वतयारी (फायर सेफ्टी तालिम), विद्युत् तथा भान्साघर सुरक्षा मापदण्ड कडाइ र विपद् जोखिम न्यूनीकरणका दीर्घकालीन योजना अनिवार्य भएको सरोकारवालाहरू बताउँछन्।

यो घटना केवल एउटा गाउँको पीडा मात्र होइन, राज्यको तयारी र प्राथमिकतामाथि गम्भीर प्रश्न पनि हो। पीडितका आँसु सुकाउन तत्काल सहयोगसँगै दीर्घकालीन समाधानतर्फ कदम चाल्नु अब ढिलो गर्नु हुँदैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार