मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

पनौतीमा गाडी दुर्घटना हुँदा १० जना घाइते

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
८ पौष २०८०, आइतबार

बनेपा । विपी राजमार्ग अन्तर्गत काभ्रेको पनौतीमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौं तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०४–००१ज ००११ नम्बरको इलेक्टिक गाडी आइतबार साँझ पनौती नगरपालिका–५ सुन्दरबस्तीमा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गाडी सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो । उक्त दुर्घटनामा गाडी चालक सिन्धुलीको कमलामाई नगरपालिका २ बस्ने वर्ष ३६ का चन्द्रबहादुर भट्टराई, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका १ बस्ने वर्ष २१ की बिमला खड्का, सिन्धुलीको कमलामाई नगरपालिका १५ की २३ वर्षीया सीता तामाङ, सोही ठाउँकी वर्ष ५५ की सोममाया घिसिङ घाइते भएका छन् ।

त्यस्तै, भारतको सीतामणी जिल्ला घर भएका वर्ष २८ का सुदन चौधरी, सिन्धलीकै कमलामाई १५ का वर्ष १८ का गुड्डु चौधरी, सिन्धुलीको तीनपाटन गाउँपालिका ५ का वर्ष १६ का भुवन परियार, सोही ठाउँका वर्ष २० का दिपेश राउत, सर्लाहीको कवलासी नगरपालिका ६ घर भएका वर्ष १९ का विकास साह र सोही ठाउँका वर्ष २६ का विजय साह रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सिन्धलीको कमलामाई नगरपालिका १५ का १८ वर्षीय गुड्डु चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि गाडी चालक सिन्धुलीको कमलामाई नगरपालिका २ बस्ने वर्ष ३६ का चन्द्रबहादुर भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपाचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार