मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

कांग्रेस सभापति देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन गगनको आग्रह

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२४ पौष २०८२, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आइतबार र सोमबारका लागि आयोजना हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।

उनले बिहीबारको कार्यसम्पादनसमितिको बैठकपछि पत्रकारहरूसँग भने- ‘मैले कार्यबाहक सभापतिज्यूलाई सभापतिज्यूलाई जसरी पनि विशेष महाधिवेशनमा सहभागी हुन भनिदिन भनेका छौँ।’

कांग्रेसको विधानअनुसार आयोजना भएको विशेष महाधिवेशनमा सहभागी हुन उनले देशभरिका प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

भदौ २३ र भदौ २४ पछिको विशेष परिस्थितिमा नीति र नेतृत्व फेर्न महाधिवेशनको माग राखिएको उल्लेख गर्दै थापाले अहिलेको संवेदनशील अवस्थामा महाधिवेशनको सान्दर्भिकता झनै बढेको उल्लेख गरे।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् भने कांग्रेस संस्थापन पक्षले विज्ञप्ति नै जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार