मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

काठमाडौँ । निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर गत साउन २५ गतेदेखि आन्दोलनरत रुबी खान र गृह मन्त्रालयका प्रतिनिधिबीच आज तीनबुँदे सहमति भएको छ ।

आज साँझ भएको सहमतिपत्रमा गृह मन्त्रालयका तर्फबाट उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षका तर्फबाट रुबी खानले हस्ताक्षर गरेका छन् । उक्त सहमतिसँगै आन्दोलनरत पक्षले आजैदेखि आन्दोलन स्थगित गरेको छ ।

सहमतिपत्रमा निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच गत असार १० गते भएको सहमतिअनुसार शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने र विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई थप अनुसन्धानका लागि आवश्यकताअनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने उल्लेख छ ।

यस्तै आन्दोलनरत पक्ष र उनीहरुको परिवारको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई लेखी पठाउने तथा उल्लिखित प्रकरणका सम्बन्धमा विभिन्न माग राखी आन्दोलनरत पक्षले आजैदेखि आन्दोलन अन्त्य गर्ने सहमति भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी अधिकारकर्मी विजयबाबु शिवाकोटीसहित आन्दोलनरत पक्षका तर्फबाट मोहम्मद शेर वागवान, वसन्त रन्जितकार, मनकुमारी गुरतालको रोहबरमा उक्त सहमति भएको वार्ताको नेतृत्व गरेका गृह मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव दिलकुमार तामाङले जानकारी दिए ।

यसअघि दुवै पक्षबीच गृह मन्त्रालयमा एक चरणको वार्ता गरी सहमति नजिक पुगेपछि साँझ पुनः आन्दोलन गरिरहेकोस्थल माइतीघरमै पुगेर गृहको टोलीले सहमति गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार