मुख्य समाचार
रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण |

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका उम्मेदवार इरफान जित्ने निश्चित

महमूद आलम खान 1133+ समाचार ( )
आमा मोहम्मदी सिद्दिकीको योगदानको कदर गरेर एक मत आफुलाई दिन आग्रह गरिरहेका छन् । स्वर्गिय मोहम्मदी सिद्दिकीको लामो त्याग र बलिदानको कदर गर्नका लागि र उनको सपना पुरा गर्नका लागि आफु उम्मेदवार
७ मंगशिर २०७८, मङ्गलबार

बाँके । नेपाली काँग्रेसको १४ औं महाधिवेसनमा सहभागि हुनका लागि महाधिवेसन प्रतिनिधिको निर्वाचन बाँकेमा विहिबार हुने भएको छ । त्यसका लागि बुधवार उम्मेदवारी दर्ता गरिने छ भने विहिबार मतदान गराउने कार्यक्रम निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

महाधिवेसन प्रतिनिधिका लागि बाँकेमा दुई वटा मुस्लिम कोटाका सिट रहेका छन् । ती दुई स्थानका लागि हालसम्म दुई जना सिद्दिकी र दुई जना अन्सारी गरेर चार जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य उम्मेदवार थपिएनन् भने यी चार जना मध्येबाटै दुई जनाले महाधिवेसनमा प्रतिनिधिका हैसियतले सहभागि हुने अवसर पाउने छन् ।

मुस्लिम कोटाको दुई सिटका लागि प्रदेश सांसद मोहम्मद याकुब अन्सारी, निजामुद्दीन अन्सारी (छोटकउ), अब्दुल हमीद सिद्दिकी भोला र ईरफान सिद्दिकीले उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनिहरुले प्रचार प्रसार समेत शुरु गरिसकेका छन् ।

बाँके जिल्लामा संस्थापन पक्ष अर्थात देउवा पक्ष बलियो अवस्थामा देखिएकोले सोही पक्षबाट उम्मेदवार बन्नेले जित्ने संभावना बढी छ । दुबैजना अन्सारीले आफुलाई संस्थापन पक्षको उम्मेदवार बताएका छन् भने संविधानसभाका सदस्य समेत रहेका अब्दुल हमीद सिद्दिकी भोला कोइराला पौडेल पक्षका उम्मेदवार मानिन्छन् ।

ईरफान सिद्दिकीले पक्ष विपक्षमा नभइ बिधानलाई आधार मानेर उम्मेदवारी दिएको बताएका छन् । उनले सबैसंग आमा मोहम्मदी सिद्दिकीको योगदानको कदर गरेर एक मत आफुलाई दिन आग्रह गरिरहेका छन् । स्वर्गिय मोहम्मदी सिद्दिकीको लामो त्याग र बलिदानको कदर गर्नका लागि र उनको सपना पुरा गर्नका लागि आफु उम्मेदवार बनेको जनाउँदै ईरफानले एक पटक अवश्य हरेक मतदाताले छातिमा हात राखेर विचार गर्ने आशा व्यक्त गरेका छन् । उनले आफुलाई मतदान भनेको उनकी आमालाई सच्चा श्रद्धान्जली भएको पनि बताएका छन् ।

उता, अब्दुल हमीद सिद्दिकीले आन्तरिक विवादले मुस्लिम एकतासंगै पार्टी समेत कमजोर हुने जनाउँदै निर्वाचनमा धेरै विवाद नगरेर योग्य, सक्षम र केही गर्न सक्नेलाई जिताउनु पर्ने अनुरोध मतदातासंग गरिरहेका छन् । उनले सक्षम र इमान्दारलाई जिताउन सम्पुर्ण मतदातासंग आग्रह गरिरहेको बताए ।

यता यि चार जनामा सबै भन्दा बलियो उम्मेदवार इरफान देखिएका छन् । युवाहरु पुस्ताबाट उम्मेदवारी दिएका इरफानको जित्ने सम्भावना प्रबल रहेको जानकारहरुले बताए । प्रदेश सभा सदस्य याकुब कब्रिस्तानको बिवादमा मुछिएकोले मुस्लिमहरु रुष्ट देखिएकोले इरफान बलियो उम्मेदवारको रुपमा देखिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार