मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
१९ श्रावण २०८३, मङ्गलबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय भगवानपुरलाई आवश्यक विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख विनोद चौधरीले इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक सुरेश कोइरालालाई उक्त उद्धार सामग्री हस्तान्तरण गर्नुभएको हो ।

विपद्का घटना जुनसुकै बेला पनि आउन सक्ने भएकाले उद्धार कार्यमा खटिने सुरक्षाकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सामग्री हस्तान्तरण गरेको जनाएको छ। विपद्को समयमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न यस्ता सामग्रीले सुरक्षाकर्मीलाई थप सहजता पुग्ने अपेक्षा गरिएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका सचिव अरबिन्द कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई व्यवस्थित र चुस्त बनाउन गाउँपालिकाले आगामी दिनमा समेत आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार