मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

विपद्जन्य घटनाबाट १७० जनाको मृत्यु, चार हजारको उद्धार

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

काठमाडौं । असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयले आईतवार साँझ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएको बताउनु भयो । उहाँले १११ जना व्यक्तिहरु घाइते रहेको जानकारी दिनुभयो । 

उहाँले विपदबाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायहरु परिचालन भइ निरन्तर कार्य गरिरहेको जानकारी गराउनु भयो । उहाँले हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको र काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुरलगायतका जिल्लामा विभिन्न स्थानबाट विपदबाट घाइते भएका र  अलपत्र परेका १६२ जना नागरिकहरुको नेपाली सेनाको हेलिक्प्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपतकालीन राहत सामग्री उपलब्ध गराइएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘२०८१ असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएका छन् भने १११ जना व्यक्तिहरु घाइते रहेको अवस्था छ । मन्त्रालय मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । विपदबाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायहरु परिचालन भइ निरन्तर कार्य गरिरहेका छन् ।’’

हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुरलगायतका जिल्लामा विभिन्न स्थानबाट विपदबाट घाइते भएका र  अलपत्र परेका १६२ जना नागरिकहरुको नेपाली सेनाको हेलिक्प्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ । 

घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइनेछ । सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध राजमार्गहरु तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको छ । त्रिभुवन राजमार्गको थानकोट नौबिसे खण्डको झ्याप्ले खोलामा अवरोध हटाइ आजैबाट यातायात सञ्चालन गर्नेगरी पहल भएको जानकारी उहाँले दिनुभयो । 

उहाँले घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको र खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइरहेको बताउनु भयो ।

सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध राजमार्गहरु तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउनु भयो । 

त्रिभुवन राजमार्गको थानकोट नौबिसे खण्डको झ्याप्ले खोलामा अवरोध हटाइ आइतबार साँझबाट यातायात सञ्चालन भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार