मुख्य समाचार
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात | राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट पारित | नरैनापुरबाटै आन्तरिक राजस्व सेवा सुरु | प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क प्रस्थान | बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट |

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात

यूथ टुडे समाचारदाता 3563+ समाचार ( )
९ अशोज २०८३, शुक्रबार

मुस्ताङ । मुस्ताङको समुद्री सतहबाट ४,६१० मिटर उचाइमा अवस्थित नेपाल–चीन उत्तरी सीमा ‘कोरला नाका’ क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातसँगै सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बिहीबारदेखिको निरन्तर वर्षासँगै उपल्लो मुस्ताङको कोरला नाकामा हिमपात भएको हो। हिमपातका कारण निकासी तथा पैठारीमा प्रयोग हुने कन्टेनर र अन्य मालवाहक साधनको आवतजावतमा समस्या देखिएको छ। सामान्यतया हिउँदमा मात्र हिउँ पर्ने यस क्षेत्रमा असोजमै हिमपात भएको हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार, कोरला नाकामा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा र उच्च लेकहरूमा आंशिक हिमपात भइरहेको छ। वर्षा र हिमपातसँगै उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण यसअघि नै गरेका थिए। कोरला नाकामा हिमपात भइरहँदा मुस्ताङका अन्य तल्लो क्षेत्रमा पनि निरन्तर वर्षा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकूल मौसमका कारण बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध हुनसक्ने जोखिम रहेकाले काभ्रेभिरदेखि उपल्लो मुस्ताङसम्मको सडकमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ। सम्भावित विपद् न्यूनीकरणका लागि बिहीबारदेखि चार दिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए।

यसैगरी, निरन्तरको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाव बढेर जोखिम सिर्जना हुनसक्ने भन्दै घरपझोङ गाउँपालिकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। गाउँपालिकाले शुक्रबारदेखि माइकिङ नै गरेर नागरिकलाई सावधान गराइरहेको छ।

लगातारको वर्षाले मुस्ताङका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूमा पनि जोखिम बढाएको छ। घरपझोङ–५, ठिनीकी स्थानीय सरिता थकालीका अनुसार पुराना घरहरू चुहिने र भत्किने डरले स्थानीय बासिन्दाले घरको छत र गारोलाई त्रिपाल तथा प्लास्टिकले ढाकेर जोगाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार