मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न, स्वनियमनलाई प्रवद्र्धन गरी स्वच्छ, स्वतन्त्र र जबाफदेही पत्रकारिताको विकास तथा संरक्षण गर्न स्वायत्त नियामक निकायका रुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन गर्न नयाँ कानुनको आवश्यकता रहेकाले यो विधेयक गत वैशाख १३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो विधेयक दर्ता गराउनुभएको हो ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्नुभएको थियो ।

नेपालको संविधान, २०७२ अनुसार सङ्घीय सरकारको एकल अधिकार क्षेत्रभित्र रहेको सुरक्षित छापाखाना स्थापना तथा सुरक्षण मुद्रण सामग्रीको देशभित्रै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रण केन्द्रको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा उपयुक्त कानुनी व्यवस्था गर्न तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले २०७७ असार २४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गराउनुभएको थियो ।

यो विधेयकमा सुरक्षण मुद्रण केन्द्रको स्थापना गरी सुरक्षण मुद्रणको कार्य सञ्चालन गर्ने व्यवस्था तथा सुरक्षण मुद्रणको कार्य गरेबापत प्राप्त हुने शुल्क, नेपाल सरकारबाट प्राप्त अनुदान तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त सहयोग परिचालनसम्बन्धी व्यवस्थाहरू राखिएका छन् । यस्तो शुल्क, अनुदान तथा सहयोगबाट प्राप्त हुने रकम राख्न सुरक्षण मुद्रण केन्द्रको छुट्टै कोष रहने र मुद्रण केन्द्रका तर्फबाट गरिने सम्पूर्ण खर्च कोषमा जम्मा भएको रकमबाट व्यहोरिने व्यवस्था विधेयकमा गरिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते मङ्गलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार