मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

भेरी अस्पतालमा फोक्सो, सघन उपचार र निद्रा रोगको विशेषज्ञ सेवा सुरु

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
१८ कार्तिक २०८३, मङ्गलबार
बाँके । भेरी अस्पताल नेपालगञ्जमा फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ । अस्पतालले आज मंगलबार देखि यी तीन विधामा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो ।
डा. रञ्जित पाण्डेद्वारा प्रदान गरिने उक्त विशेषज्ञ सेवाको अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे तथा नर्सिङ प्रमुख पदमा देवी देवकोटालगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।
अस्पतालका अनुसार उक्त सेवा ओपीडी–७ (ए) बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार उपलब्ध हुनेछ ।
नयाँ विशेषज्ञ सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोग, जटिल अवस्थाका बिरामीको सघन उपचार तथा निद्रासम्बन्धी समस्याको पहिचान, परीक्षण र उपचारमा सहजता हुने अपेक्षा गरिएको छ । यससँगै सम्बन्धित रोगका बिरामीले विशेषज्ञ परामर्श र उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ ।
भेरी अस्पतालले विशेषज्ञ सेवाको विस्तारलाई प्राथमिकता दिँदै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न उपचार विधिमा सेवा विस्तार गर्दै आएको छ ।
नयाँ विशेषज्ञ सेवाको सुरुवातले बाँकेसहित पश्चिम नेपालका बिरामीलाई फोक्सो, श्वासप्रश्वास तथा निद्रा रोगसम्बन्धी उपचारमा थप सुविधा पुग्ने अस्पताल बिकास समितिका सदस्य डा. डक्ट प्रसाद धितातले बताउनु भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार