मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
३१ जेठ २०८३, आइतबार

नेपालगञ्ज । युवा नेतृत्व, सीप विकास, नवप्रवर्तन तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्भावना नेपाल ले “नेपालगञ्ज युवा विकास सम्मेलन २०२६” आयोजना गर्ने भएको छ। सम्मेलन असार ४ र ५ गते नेपालगञ्जमा सञ्चालन हुनेछ ।

सम्भावना नेपालका अध्यक्ष साहिल अन्सारी ले युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा राष्ट्र निर्माणमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए। उनका अनुसार सम्मेलनले विभिन्न क्षेत्रका विज्ञ, युवा अभियन्ता, उद्यमी, शिक्षाविद् तथा सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याई अनुभव आदानप्रदान तथा नीतिगत बहसको अवसर प्रदान गर्नेछ ।

आयोजना हुन लागेको सम्मेलनमा शिक्षा, उद्यमशीलता, रोजगारी, नेतृत्व विकास, प्रविधि तथा सामाजिक रूपान्तरणका विषयमा छलफल गरिनेछ। साथै युवाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र नयाँ अवसरहरू पहिचान गर्ने वातावरण सिर्जना गरिने अपेक्षा गरिएको छ।

अध्यक्ष साहिल अन्सारीले देशको भविष्य युवाहरूको हातमा रहेको उल्लेख गर्दै सम्मेलनलाई सफल बनाउन सम्पूर्ण युवा, सरोकारवाला निकाय तथा समुदायको सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार