मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

कब्रिस्तान व्यवस्थापन समितिको साधारण सभा भव्य रुपमा सम्पन्न

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
बाँकेको नेपालगंज ४ स्थित अवस्थित रहेको कब्रिस्तान व्यवस्थापन समितिको साधारण सभा आईतबार सम्पन्न भएको छ ।
७ श्रावण २०८०, आइतबार

बाँके, ७ साउन । बाँकेको नेपालगंज ४ स्थित अवस्थित रहेको कब्रिस्तान व्यवस्थापन समितिको साधारण सभा आईतबार सम्पन्न भएको छ । कब्रिस्तान समितिका अध्यक्ष याकुब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मनजरीले हाम्रो धर्म संस्कृति जोगियो भने हाम्रो पहिचान आफैं जोगिने बताउदै उहाँले हाम्रो धर्म र आस्था माथि असर पुग्ने गरी गतिविधि गर्नेहरुलाई अविलम्ब कारवाहीको दायरामा ल्याउन सम्बन्धीत निकाय संग अपिल गर्नु भएको थियो । 

उहाँले नेपाल प्राकृति धार्मिक ,सास्कृतीक भौगोलिक ,जातीय बिबिधताको कारणले आ – आफनै किसिमको धार्मिक सहिष्णुता र छुट्टै मुल्य मान्यता रहेकोेले हाम्रो आस्था माथि ठेस पुग्ने गरी कलम नचलाउन पत्रकारहरु संग आग्रह गर्नु भएको थियो ।

साधारणसभामा व्यवस्थापन समितिका अध्यक्ष अन्सारीले पेश गरेको आ.व. २०७९।८० को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिबेदन सर्वसम्मतले अनुमोदन गर्नुका साथै व्यवस्थापन समितिलाई विस्तार गर्ने निर्णय गरिएको थियो । 

कार्यक्रममा मौलाना मन्सुर आरफीले कब्रिस्तान समितिले गर्दै आएको कामको प्रशंसा गर्दै केही तत्वहरु कब्रिस्तान माथि नै गलत नजर लगाएको बताउदै त्यस्ताको गतिविधि माथि गम्भीर भएर नजर राख्न मुस्लिमहरुलाई निर्देशन दिदै धार्मिक आस्था माथि प्रहर गर्ने जो भए पनि कानुन बमोजिम कारवाही गराउन तर्फ केन्द्रीत हुन आग्रह गर्नु भएको थियो । 

साधारण सभामा बोल्दै बरिष्ठ पत्रकार सेराजुद्दीन खानले कब्रिस्तानलाई अझ व्यवस्थीत गरे लैजान सुझाव दिदै कब्रिस्तान जस्तो ठाँउमा राजनिति गर्न खोज्नेहरुलाई इस्लामीक कानुन बमोजिम अगाडि बढन जरुरी रहेको बताउनु भएको थियो । 

यस्तै मुस्लिम पत्रकार क्बलका अध्यक्ष आलम खानले पत्रकारीताको नाम बेचेर धार्मिक आस्था माथि पछिल्लो समयमा भईरहेको आक्रमणले आफूलाई स्तब्ध बनाएको बताउदै पत्रकारीतको मूल्य मान्यता र नियम विपरीत गएर आफू चर्चामा आउनका लागि भिडियो बनाउनु गलत भएकोले त्यस्तो कार्य तत्काल बन्द गर्न अपिल गर्नु भएको थियो । 

साधारण सभामा जामा मस्जिदका अध्यक्ष फिदा अन्सारी, फूलबारी मस्जिदका अध्यक्ष यूसूफ, जामा मस्जिदका उपाध्यक्ष मोहम्मद ज्याउल हक, महासचिव इरफान सिद्धिकिी, हाजी अब्दुल हकीम, हाजी रज्जब अन्सारी, हाजी सकिल जसगढ, मोहम्मद हारुन हल्वाई, अतहार हुसेन फारुकी, हाजी सरिफ बागवान, मेराज हल्वाई, वडा नं. ५ का अध्यक्ष सराफत अलि लगायतले साधारण सभाको शुभ कामना व्यक्त गर्नु भएको थियो । 

साधारण सभाले सलाहुद्दीन जसगढ, चाँद खाँ, बेबी तबस्सुम, सेराज खान, हाजी अब्दुल हकिम, मोहम्मद जुनेद हल्वाई, आलम खान, अशफाक अन्सारी, शहिद अली सल्मानी सहित २४ जनालाई कब्रिस्तान व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको अतहर हुसेन फारुकीले जानकारी दिनु भयो । साधारण सभामा २ सय भन्दा बढी मुस्लिमहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार